• सोमबार, साउन-३०,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अनुसा थापा

काठमाडौं । मुलुकभर वा राजधानीमा सञ्चालित बैंकहरुबाट धमाधम पैसा निकाल्ने क्रम जारी छ । एक महिनादेखि बैंकहरुमा पैसा निकाल्नेको भीड लागेको छ । आफ्नो बचत निकाल्न  बचतकर्ताहरुलाई हतारो छ । झण्डै २४ दिन अगाडि एकैदिन ६३ अर्ब रुपैंया जनताले बैंकबाट निकाले । केही साताअघि २८ अर्ब र केही दिनअघि १८ अर्ब निकालियो । भकाभक पैसा निकाल्दा बैंकहरु टाट पल्टिसकेका छन् ।

तर, यसरी पैसा निकाल्नुको रहस्य के होला त ? बैंक पुग्दा निकाल्ने मात्र भेटिन्छन्, डिपोजिट गर्ने शून्यझै भइसकेको छ । पछिल्लो समय सहकारीहरु अर्बौं रुपैंया लिएर भागिरहेका छन् । जसको त्रास जनताहरु देखिएको छ । सहकारीपछि बैंक पनि भाग्ने त होइन् भनेर जनताको मनमा परिसकेको छ । त्यसैले पनि पैसा निकाल्नेको भीड लागेको बुझिन्छ ।

प्राइभेट बैंकले धेरै व्याज दिन्छ तर विश्वासनियता छैन् । सरकारी बैंकले व्याज नै थोरै दिन्छ । बैंकबाट यसरी पैसा निकालेर अब कहाँ लगेर राख्ने ? अहिले प्रायजसोले पैसा निकाल्दै आफ्नो घरमा लगेर थुपार्दै गएको पाइन्छ । विपक्षी दल नेकपा एमालेले तारन्तार नेपाल श्रीलंका हुन्छ भनेर घोषणा गरेको गप्यै छन् । उता, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले समेत हरेक कार्यक्रममा नेपाल श्रीलंकाकै बाटोमा गइरहेको छ भनेर दाबा गरिरहेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले वालुवाटारमा बोलाएर आफ्नो जागिर खोस्ने डर देखाइपछि मात्र गर्भनर अधिकारी चुप लागेका हुन् । विद्यार्थी संगठनहरुसमेत वालुवाटार घेर्न पुगेका थिए । अहिले ती संगठनहरु पनि मौन छ । जागिर बचाउनका लागि गर्भनर अधिकारीले सत्यतथ्य बाहिर ल्याउन चाहेका छैनन् । प्रश्न उठेको छ,‘ यसअघि बारम्बार नेपालको अर्थतन्त्रको बारेमा बोल्ने व्यक्ति अहिले किन गुपचुप छन् ?’

राष्ट्र बैंकको मौदिक नीतिले घरजग्गा, सेयर र गाडीमा कर्जा लगानी नगर्न कडा निर्देश गरेको छ । यो क्षेत्र अत्यन्तै जोखिमपूर्ण भएकाले राष्ट्र बैंकले कडा मौदिक नीति ल्याएको हो । तर, बैंकहरुले अझै पनि सरकारको निर्देशनलाई बेवास्ता गरेको छ । आफ्ना नजिकका आफन्तलाई घुस खाएर यी क्षेत्रमा कर्जा दिने क्रम जारी छ । यता, सहकारीमा पैसा राख्ने क्रम ठप्प भएपछि, तरलता देखिएपछि सहकारी महासंघले पनि उल्लेखित तीन क्षेत्रमा लगानी नगर्न आदेश दियो ।

यी क्षेत्रमा कर्जा ठ्याक्कै रोक्न निर्देशन महासंघले दिएको थियो । बैंकमा पैसा निकाल्नेको भीड र सहकारी टाठ पल्टिएको देख्दा नेपालको अर्थतन्त्र श्रीलंका हुन्छ भनेर बुझ्न धेरै बेर लाग्दैन् । सरकारलाई विश्वास नगर्नु पैसा निकालेर घरमा लगेर राख्नुको प्रमुख कारण हो । वित्तिय संस्थामा राजनीतिक दलको दबदबा छ । आफ्नो कार्यकर्ता भर्ति गरेका छन् । कार्यकर्ताले वित्तिय संस्था चलाउन सक्छ ?

वित्तिय संस्थामा काम गर्नेले पैसा चिनेको हुनुपर्छ । उसको पढाइ पनि वित्तिय संस्थालाई पसाउने खालको हुनुपर्छ । तर यहाँ त राजनीतिक दलको झोले बन्यो भने जहाँ पनि छिर्न पाइहालिन्छ । अनि कहाँबाट नेपालका वित्तिय संस्था उमो लाग्छ ? वित्तिय संस्थामा पनि राजनीतिक हस्तक्षेप छ । राजनीतिक दलकै कारणले पनि वित्तिय संस्था सकिदैछन् । अझै पनि वित्तिय संस्थामा समस्या आउने निश्चित छ ।

बरु, व्याज चाहिदैन्, सावा जोगाउछु भनेर हिडिरहेका छन्, बचतकर्ता । सबैले व्याजको माया मारिसकेका छन् । जनताले विश्वास नगरेपछि बैंकफाइनेन्सले कर्जा पनि दिन सक्दैनन् । कर्जा लगानी गरेन् भने वित्तिय संस्था कसरी चल्छ ? आखिरी सबैभन्दा शक्तिशाली त जनता नै हुन् । जनताबाट वित्तिय संस्था नङगिसकेको छ । अब बैंकहरुले कि हात उठाउनुपर्यो कि जनताको विश्वास जित्न सक्नुपर्यो ।

विज्ञापन र व्याजको लोभमा परेर बैंकमा लगेर बचत गरेको जनताहरुको भनाइ छ । बैंकका सञ्चालक कस्ता छन् ? यसमा कति नाफा छ ? उनीहरुले बुझेनन् । विज्ञापनमा यति व्याज भनेर दिएकाले पनि उनीहरुले भकाभक पैसा लगेर बचत गरे । पछिल्लो समय जसरी राखेका थिए त्यसरी नै निकाल्दै पनि छन् । तर, बैंकले त थोरै थोरै भएपनि डिपोजिट रकम फिर्ता गरिरहेको छ ।

तर, सहकारीले त एक रुपैंया पनि दिन सकेको छैन् । न सावा दिन्छ न व्याज । सहकारीमा बचत हुनेहरुको अहिले रुवावासी चलेको छ । हिजो सरकारले सोचविचार नै नगरी सहकारी दर्ता गर्न दियो । एउटै घरमा पाँच वटासम्म सहकारी छन् । च्याउ उमारेझै सहकारी उमार्ने पनि सरकार नै हो । अहिले त्यही सहकारीले जनताको उठीबास लगाइदिएको छ । खोल्न इजाजत दिने तर निरीक्षण गर्न नजाने ।

भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ यसविषयमा अझै पनि मौन छिन् । सहकारीका सञ्चालक रातारात गायब भएका छन् तर उनलाई केही मतलब नै छैन् । बेलैमा एउटा दायरा नबनाउदा आज जनताको स्थिति नाजुक बनेको छ । बरु उनी जनता ठग्ने सहकारी कै साधारण सभामा उद्घाटन गर्न पुग्छिन् । अहिले प्रायजसो जनताको मुखबाट एउटै कुरा सुन्नमा आइरहेको छ ।

जनताको पैसा डुबेको र सबैजसो सहकारी घाटामा गएको । यो विषयले अहिले व्यापक चर्चा पाएको छ । सहकारीले पैसा दिने हो भने जनताले आफ्नो बचत एकैदिनमा निकाल्थे । तर के गर्नु झुल्याएर राखेको छ । सहकारीको यस्तै पाराले जनताले विश्वास गर्न छोडेको हुन् । हिजो सहकारीले जनतालाई बढी व्याज दिन्छु भनेर जनताको पैसा लगेर राख्यो । पाँच लाख डिपोजिट गर्नेलाई साधारण सभामा दोसल्ला ओडायो ।

फुलमाला लगाएर अनेकथरी नौटंकी देखाउने काम पनि नभएका होइनन् । सहकारीले २२ प्रतिशतसम्म व्याज दिन्छु भनेर जनताको पैसा लिएको थियो । एउटाबाट ल्याउने अर्कोलाई व्याज दिने । यसरी नै सहकारी सिद्धिएको हो । आम्दानीको स्रोत नभएपछि सहकारीहरु केही समयदेखि यसरी नै चलिरहेको थियो । बजारबाट पैसा उठाउने अनि घरभाडा र कर्मचारीलाई तलब दिने ।

मँहगो व्याज र जथाभावी कर्जा लगानी गर्नु आफ्नो खुट्टामा आफैले बञ्चरो हानेसरह भयो । अहिले सहकारीले व्याज त छोडौं सावा पनि दिन सकेको छैन् । अनि भाग्नुबाहेकको किल्प के ? अब ३६ प्रतिशत व्याज दिन्छु भने पनि जनताले सहकारीमा लगेर पैसा राख्नेवाला छैनन् । पछिल्लो समय दैनिक पाँच वटासम्म सहकारी कुलेलम ठोकिरहेका छन् । अब यो बढेर दैनिक दुई दर्जनसम्म पुग्ने अनुमान लगाउन थालिएको छ ।

अबको एकडेढ वर्षको सहकारीको संख्या निकै न्यून हुन्छ । पसलेहरु समेत आफ्नो बचत रकम फिर्ता नपाएको गुनासो गर्छन् । पैसा उठाउनचाहि कर्मचारी आउने तर सहकारीमा अध्यक्ष र सञ्चालक नभेटिने । उठाइरहने तर फिर्ता नगर्ने क्रम बढेको पसलेको भनाइ छ । सहकारीले यसरी जनतालाई दुःख दिदाँ वा पैसा फिर्ता नदिँदा पनि सरकारले मतलब गर्दैन् ।

सहकारीकै कारणले धेरै जनताहरु सडकमा आउने भए । धेरै विस्थापित हुने निश्चित छ । करोडपतिबाट रोडपति बन्नेको संख्या पनि उकालो लाग्ने देखिन्छ । सहकारीले सबैभन्दा धेरै व्यापारीबाट पैसा उठाउने हो । तर, व्यापारीले नै रकम बचत गर्न छोडिसकेका छन् । यता, सञ्चार माध्यमको पनि यस विषयमा ध्यान गएको छैन् । जनतामा पहिल्यै सचेतना फैलाइदिने हो भने उनीहरुको रकम जोगिएला ।

सडकमा आइरिनेको संख्या पनि कम होला । वित्तिय संस्थाले जति भएपनि आफ्नो गोपनियता लुकाउन खोज्छ । उनीहरु भित्रभित्र डुबेपनि बाहिर जस्ताको त्यस्तै छ भनेर देखाउन चाहन्छन् । यता, त्यहा कार्यरत कर्मचारीले सुराकी दियो भने उसको जागिर नै चट् हुन्छ । त्यसैले पनि यो कुरा बाहिर आउन सकेको छैन् । यतिखेर प्रायजसो वित्तिय संस्था घाटामा छन् ।

हिजो नाफा भएकाले वित्तिय संस्थामा पनि रजाँइ चल्यो । अहिले कर्मचारीलाई तलब दिन नसक्ने अवस्था यिनीहरुको बनिसकेको छ । न घरभाडा तिर्न सकेका छन् । बचत फिर्ता गर्नुको साटो लुकीछुपी हिडेका छन् । सहकारीमा पैसा राख्नेहरुले त दिनभरि कुरुवाको ड्युटी पाएका छन् । बिहान खाना खाएर सहकारी पुग्यो । दिनभरि कुर्यो अनि खाली हात फर्कियो । भोलि पनि त्यही क्रम जारी छ । अब पैसा बचत गर्नुअघि धेरै कुरा सोचौं । आफूले खाइनखाई जोगाएको रकम डुब्न सक्छ । बेलैमा सोचविचार गरौं ।

 

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

वालिङमा विपि कोइरालाको साहित्य र बिचार वारे गोष्ठी !

वालिङमा विपि कोइरालाको साहित्य र बिचार वारे गोष्ठी !
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …