• सोमबार, साउन-३०,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाले कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सह-महामन्त्री भीष्मराज आङ्देम्बोको प्रमुख अतिथित्वमा र नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोला कान्त पंगेनीको अध्यक्षतामा मलेसियामा क्वालालम्पुर केएल स्थित होटल ग्रान्ड कन्टिनेन्टलमा जुलाई ३१ तारिक आइतबार प्रशिक्षण कार्यक्रम सम्पन भएको हो ।

नेपाली जनसम्पर्क समिति मलेसियाले आयोजना गरेको उक्त प्रशिक्षण कार्यक्रमको प्रमुख हतिथिको निमन्त्रणालाई स्वीकार गर्दै नेपालबाट नेपाली कांग्रेसका केन्द्रीय सह-महामन्त्री भीष्मराज आङ्देम्बे र उहाँको श्रीमती ललिता देवी (राई) आङ्देम्बे गत जुलाई २७ तारिक मलेसिया आउनुभएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा पाल्नुभएको लोकतान्त्रिक ब्यवसायिक संघका पुर्व अध्यक्ष नरेन्द्र ढकाल र जनसम्पर्क समिति का पुर्ब उपसभापति बिनोद थापाले कार्यक्रमलाई शुभकामना दिनु भएको थियो । भने समितिका उपाध्यक्ष दिपक तामाङले स्वागत मन्तव्य दिनु भएको थियो ।

त्यसैगरी समितिका सल्लाहकार एवं जनसम्पर्क समन्वय समितिका केन्द्रिय सदस्य सन्तोष रिजालले समसामयिक रुपमा मलेसियामा रहेको श्रमिकहरुको समस्याका बिषयमा आवज उठाउनु भएको थियो ।

प्रमुख अतिथिले कार्यक्रममलाई सम्बोधन गर्नेक्रमा उहाले केपी ओलीको नेतृत्वको सरकार हुँदा केपी ओलीले संसद विघटन गरेर झन्डै झन्डै संविधानलाई समाप्त गर्नलाग्दा हामीले संविधान जोगाएर मुलुकलाई एउटा ट्राकमा ल्याएका छौँ कांग्रेसले नै स्थानिय निर्वाचन गरायो अब चाडै संघ र प्रदेशको निर्वाचनको तयारीमा छौं। सबैले उठाएको पुग्न सक्ने देख्न सक्ने र तपाईंहरुले प्रत्यक्ष भोगिरहेको यस्तो खाल्को एजेन्डाहरु केन्द्रीय समितिले सम्बोधन गर्ने बताउनुभयो । संघ र प्रदेशको निर्वाचनमा बिदेशमा बसेको नगरीकले पनि निर्वाचनमा भाग लिनु पाउनुपर्ने मतदान गर्नु पाउनुपर्छ भन्ने सन्दर्भमा पार्टीको तर्फबाट हाम्रो महामन्त्री विश्व प्रकाश शर्मा र गगन थापाले निर्वाचन आयोगमा स्पस्ट धारण राख्नु भएको छ। तपाई हरुले बनाएको केन्द्रीय कार्य कार्यसमितिले तपाईं हरुले कुनै पनि देशको हितमा उठेका मुद्दा हरु केन्द्रीय समितिले सम्बोधन गर्छ उनले भने ।

आङ्देम्बोले कार्यक्रमको लागि निमन्त्रणा गर्नुभएकोमा नेपाली जनसम्पर्क समिति मलेसियालाई धन्यवाद र खुसी व्यक्त गर्दै मलेसिया एउटा हाम्रो गन्तव्य हो तपाईंहरु बिदेशमा बसेर पनि पार्टीको निम्ति देशको निम्ति काम गरि रहनुभएको छ। तपाईं हरुको एजेन्डा पार्टीले उचित मुल्याङ्कन गर्ने बताए ।

कार्यक्रममा नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष कमल प्रसाद गौतम, राकेश कुमार महतो, टेक बहादुर टमाटा, समितिका महामन्त्री हरि कोईराला, समितिका कोषाध्यक्ष गणेश राउत, सल्लाहकार राम कुमार चाम्लिङ सदस्य तेजकुमार राई, कुमार ओझा, राज लामा महिला सदस्य अन्जु रेग्मी, ईन्दु (बिष्ट) क्षेत्री लगायत नेपाली कांग्रेसमा आस्था राख्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा गत २०२१ मे ३० तारिक सम्पन्न भएको नेपाली जनसम्पर्क समिति मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशनबाट चयन हुनुभएको कार्यसमितिका पदाधिकारीहरुलाई प्रमुख अतिथि आङ्देम्बेले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। अधिवेशन पहिला नै सम्पन्न भएको भए पनि विश्व भरिनै मानव जातिलाई आक्राङ्त पार्ने महामारी कोरोना भाईरस (Covid-19) को कारण भौतिक रुपमा कार्यक्रम गर्न नसेकोले उक्त प्रमाणपत्र आज वितरण गरिएको समितिका अध्यक्ष चोला कान्त पंगेनीले बताउनुभयो । कार्यक्रम समापन गर्दै समितिका अध्यक्ष पंगेनीले कार्यक्रममा हाम्रो निमन्त्रणा स्वीकार गरि उपस्थिति जनाउनु हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रम समितिका केन्द्रीय सदस्य एवं समितिका सह-कोषाध्यक्ष लालबहादुर खड्काले संचालन गरेका थिए ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

वालिङमा विपि कोइरालाको साहित्य र बिचार वारे गोष्ठी !

वालिङमा विपि कोइरालाको साहित्य र बिचार वारे गोष्ठी !
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …