• सोमबार, साउन-३०,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं ।आज श्रावण १५ ( खिर खाने दिन ) खिर खाएर मनाइदैँछ । नेपाली समाजमा श्रावण १५ महत्त्वपूर्ण खिर खाने पर्वको रुपमा मनाउने गरिन्छ । 

असार १५ मा दही जिउरा, जनैपूणिमाको दिन क्वाँटि खाए जस्तै यस दिन खिर खाने चलन रहेको छ । घरघरमा चेलीबेटी बोलाएर खिर लगायतका मिष्ठान भोजनका साथै भलाकुसारी मनोरञ्जनात्मक क्रियाकलाप नाचगान गरि यो पर्व  मनाइन्छ । नेपाली समाजमा यसको बेग्लै बिशेषता त छदैछ तर यस परम्पराको बैज्ञानिक आधार पनि भएको बिश्वास गरिन्छ। 

नेपाल कृषि प्रदान मुलुक हो । असारमा घामपानी नभनी मानो लाएर मुरि उब्जाउने लक्ष्यले कृषकहरु कठिन परिश्रम गरेका हुन्छ्न । बर्षाको झरी , हिलो , धान रोपाइँको चटारो खेपेका कृषकहरु थकित शरीरको विश्राम गर्न यस दिन खिर जस्ता पौष्टिक आहार खाने एवम् मनोरञ्जन गर्ने परंरागत मान्यता रहेको छ ।

सनातन वैदिक संस्कृति अनुसार पुजाआजा,  जस्ता धार्मिक क्रियाकलाप र चाडपर्वहरुमा खिरलाई प्रसादका रुपमा लिने प्रचलन छ । प्रशस्त गोरस पाइने श्रावण महिनामा  शरीरको रोगव्याध हटाउन  तथा आउदो हिउँदे जाडो र वर्ष भरको थकान मेट्न  खिर खाने परम्परा रहेको हिन्दु धार्मिक गुरुहरु बताउछन् ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

वालिङमा विपि कोइरालाको साहित्य र बिचार वारे गोष्ठी !

वालिङमा विपि कोइरालाको साहित्य र बिचार वारे गोष्ठी !
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …