काठमाडौं ।आज श्रावण १५ ( खिर खाने दिन ) खिर खाएर मनाइदैँछ । नेपाली समाजमा श्रावण १५ महत्त्वपूर्ण खिर खाने पर्वको रुपमा मनाउने गरिन्छ ।
असार १५ मा दही जिउरा, जनैपूणिमाको दिन क्वाँटि खाए जस्तै यस दिन खिर खाने चलन रहेको छ । घरघरमा चेलीबेटी बोलाएर खिर लगायतका मिष्ठान भोजनका साथै भलाकुसारी मनोरञ्जनात्मक क्रियाकलाप नाचगान गरि यो पर्व मनाइन्छ । नेपाली समाजमा यसको बेग्लै बिशेषता त छदैछ तर यस परम्पराको बैज्ञानिक आधार पनि भएको बिश्वास गरिन्छ।
नेपाल कृषि प्रदान मुलुक हो । असारमा घामपानी नभनी मानो लाएर मुरि उब्जाउने लक्ष्यले कृषकहरु कठिन परिश्रम गरेका हुन्छ्न । बर्षाको झरी , हिलो , धान रोपाइँको चटारो खेपेका कृषकहरु थकित शरीरको विश्राम गर्न यस दिन खिर जस्ता पौष्टिक आहार खाने एवम् मनोरञ्जन गर्ने परंरागत मान्यता रहेको छ ।
सनातन वैदिक संस्कृति अनुसार पुजाआजा, जस्ता धार्मिक क्रियाकलाप र चाडपर्वहरुमा खिरलाई प्रसादका रुपमा लिने प्रचलन छ । प्रशस्त गोरस पाइने श्रावण महिनामा शरीरको रोगव्याध हटाउन तथा आउदो हिउँदे जाडो र वर्ष भरको थकान मेट्न खिर खाने परम्परा रहेको हिन्दु धार्मिक गुरुहरु बताउछन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …