तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमाकान्त अर्याल (वालिङ- मिर्दी, स्याङ्जा)

वालिङ । ४० औं विपी स्मृति दिवसको उपलक्षमा प्रजातान्त्रिक विचार समाज स्याङ्जाको आयोजनामा मिति २०७९।०४।६ गते वालिङ ८ को विपी चोक स्थित शुभम पार्टी प्यालेसमा विचार गोष्ठी सम्पन्न भएको छ । दिउंस १ वजे विपी कोइरालाको शालिकमा माल्यार्पण गरेपछि विचार समाजका अध्यक्ष युक्त वहादुर वोगटीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका केन्द्रिय अध्यक्ष डा.केदार नरसिंह केसी प्रमुख अतिथी.हुनुहुन्थ्यो भने प्रशिद्द राजनीतिक विष्लेषक प्रोफेसर कृष्ण खनाल र प्रोफेसर डाक्टर वासुदेव भन्डारी विशिष्ट अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा नेकाका वरिष्ठ नेताहरु खेगन्द्र राज रेग्मी, भोजराज अर्याल, पूर्व साँसद शंकर प्रसाद पाण्डे र जिल्ला सभापति राजु थापा तथा पुर्व मेयरहरु दिलिप प्रताप खाँण, छायाराम खनाल, हालका जनप्रतिनिधी तथा प्रजातन्त्र प्रेमीहरुको उल्लेख्य जमघट भएकोले सभा हल खचाखच भरिएको थियो । समाजकी सदस्य सीता गौंडेलले सन्चालन गरेको कार्यक्रममा सामुहिक राष्ट्रियगान गरिसकेर जीवलाल काफ्लेले स्वागत मन्तव्य राखेपछि प्रमुख अतिथीले पानसमा वत्ति वालेर गोष्ठीको उद्घाटन गर्नुभएको थियो ।

यसपछि पहिलो वक्ताका रुपमा विपी कोइरालाको साहित्यका वारे प्रोफेसर डा.वासुदेव भण्डारीले आँफ्ना विचारहरु राख्न सुरु गर्नुभयो, जसले विपीको साहित्यकै वारेमा पिएचडि गर्नु भएको रहेछ ।

विपीले सुरुमा भारतमा वस्दा हिन्दी भाषामा केही कविताहरु लेख्न सुरु गरेर कथा लेखनमा प्रवेश गर्नु भएको रहेछ । वहाँको पहिलो कथा चन्द्र वदन थियो र यो नेपाली साहित्यको आधुनिक कथा लेखनको प्रारम्भ रहेछ । वहाँका धेरै कृतिहरु मध्ये तीन घुम्ती, दोषी चस्मा, नरेन्द्र दाई, सुम्निमा, मोदी आइन, जेल जर्नल हुन् र यी मध्ये धेरै पुस्तकहरु वहाँले जेल भित्र वस्दा लेख्नु भएको रहेछ । ती पुस्तकमा उल्लेखित कथाले के सन्देश दिन खोजेको थियो भन्ने वारे संक्षिप्त विवेचन गर्दै भन्नु भयेा कि, मुख्य रुपमा विपीका साहित्यहरुले सामाजिक यथार्थ अवस्थाको चित्रण गरेको छ । ती रचनाहरूमा मानिसका मन भित्र खेल्ने अनेक तरहका अवेग हरूलार्इ नलुकाइकन उल्लेख गरिएको हुदा साहित्यमा आन्तरिक यथार्थवादको प्रष्टिकरण भएको उल्लेख गर्नुभयो । कथाहरुमा मनो विष्लेषणहरु भेटिन्छ, विपीले नै नेपालीमा मनोविष्लेषण साहित्य भित्रयाएको विश्वास गरिन्छ ।

आख्यानका रुपमा लेखिएका यी साहित्यहरुमा विपीको अस्तित्ववादी दर्शन झल्किने गरेको छ । अस्तित्ववादले अनेकन आदर्श देखाएर मानिसलाई खुम्च्याएर राखिने कुराबाट वाहिर निकालेर, व्यक्तिका इच्छा आकाँक्षाहरु पुरा गर्न पाउनु पर्दछ भन्ने विचारलाई पोषण गर्दछ । जसमा मानिसहरु अनेक वहानामा दास भएर वस्नु परेका र त्यसका पात्रहरुले विद्रोह गरेका कथ्यहरु चित्रित गरिएको छ जसले परिवर्तनको लागि प्रोत्साहन गर्दछ । मानिसहरुमा छिपेर रहने दास मनोवृत्तीका वारे दोशी चस्मामा इगित गरिएको छ । मानिसको जीवनमा यौनको धेरै महत्व र आवस्यकता भएर पनि यसको वहस चलाउने आँट गर्नै नसकेको नेपाली समाजमा विपीले नै साहित्यमा यौनको विषयकेा प्रवेश गराएको दावी गरिदो रहेछ । तीन घुम्तीले एउटै नारीमा प्रेमिका,पत्नी र आमाको तीन गूण हुने कुरा वर्णन गरेको छ । वहाँका साहित्यहरुमा दोश्रो विस्व युद्दमा जे जस्ता घटनाहरु भए त्यसको प्रभावहरु देखिन्छ । 

वहाँका हरेक साहित्यले स्वतन्त्रताको प्राप्ती तथा स्थापनाको लागी प्रेरित गरेको छ । विपीका हरेक कृतिहरु अहिले पनि उत्तैका सान्दभिक छन् र कहिल्यै पुरानो हुने खालका छैनन ।

यी साहित्यहरु नेपालमा लेखिएका मध्ये अव्वल छन् र विश्वस्तरका छन् । उनका कृतिहरुको समग्र अध्ययन गर्ने पारखीहरुले उनको चेतनाको स्तर धेरै माथि रहेको एक विशिष्ट वौद्दिक व्यक्ति भएको भन्ने गर्दछन । कथामा मानिसको मन भित्रका अनेक वेगहरु देखाएता पनि अन्ततः उनका पात्रहरुले नैतिकता कायम गरेकै देखिन्छ यस हिसावले विपी नैतिकतामा विश्वास गरेको देखिन्छ र उनको जीवनमा यी कुरा झल्किएको पाइन्छ । उनको साहित्यमा अध्यात्म र साहित्यको समन्वय भएको पाइन्छ । 

विपिले मानिसहरूकेा सम्वन्ध जाति वर्ण,धर्मका अधारमा भन्दा पनि मानवताका अधारमा गर्नु पर्ने विश्वास गर्नुहुन्थ्यो यद्दपि सवैकेा धार्मिक तथा साँस्कितक स्वतन्त्रताकेा सम्मान गर्नु हुन्थ्येा । विपीका कतिपय रचनाहरु वहाँको स्वर्गारोहण पछि प्रकाशन गरिएको र अझै कतिपय कृति खोजिदै गरेको र प्रकाशन गर्न वाँकी रहेको भनिन्छ । विपीको साहित्य र विचार, समाज वदल्नको लागि कति धेरै उपयोगी छ भनेर भन्डारी सरले मीठा शव्दमा प्रस्तुत गरिरहदा हलका सवै श्रोताहरु विपी प्रति गौरव गरिरहेको भान हुन्थ्यो र आँफु अनुयायी भएकोमा पनि गर्व गरेको भाव झल्किएको थियो ।

यस पछि अर्का आकर्षक व्यक्ति राजनीतिक विष्लेषक प्रोफेसर कृष्ण खनालले आँफ्रनो संभाषण सुरु गर्नुभयो । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र विपिको आदर्शबाट आकर्षित भएर आँफु यस आस्थामा लागेको तर आज त्यसो नहुदा पीडा भएको वताउनु भयेा । विपी छदै राजनीति गरेका र वहाँको मृत्युभएपछि राजनीति सुरु गरेका २ मध्ये अहिलेकाले मनपरी गरेको देख्दा, हामी विपीकेा राजनीति देखेकाहरूलार्इ मन दुःखी रहेके वताउनु भयेा । 

पहिलो विश्वयुद्दको विभिषिका र प्रभावका वीचमा जन्म भएका विपीमा स्वतन्त्रता र विद्रोहको चिन्तन थियो ,यही चिन्तनले विपिलार्इ राजनीतिमा तानेको थियो। यो चिन्तनको श्रोत पहिलो त उनी भित्रको उन्नत चेतना नै हो भने आर्को तर्फको विश्व युद्दको प्रभाव र जर्जर सामाजिक अवस्था । वहाँसंग भएको विलक्षणको यो चिन्तन शक्तिलाई इनलाइटेन भन्न सकिने वताउनु भयो र सायद वहाँको तुलनाको मानिस नेपालमा अर्को नभएको मान्नुहुन्छ ।

विपीले स्वतन्त्रता र समानताकेा अन्देलन गर्नु भयेा र यही चिन्तन र दर्शनलार्इ शिद्दान्तकेा रूपमा अगाडि वढाउनु भयेा । विपिले निरपेक्ष स्वतन्त्रताकेा कुरा मात्र गर्नुभएन, स्वतन्त्रतामा समानता र मानिसहरूकेा मुलभूत अवश्यकताकेा विषय समेटेर राजनैतिक शिद्दान्त र विचारलार्इ अगाडि वढाउनु भयेा, ती सवै कुराहरू अहिले पनि त्यत्तिकै सान्दर्भिक छन् । वहाँको वोली र कान्तिमा छुट्रटै ओज थियो, वहाँकेा व्यक्तित्व, वैद्दिकता र शालिनताबाट वहाँका विरेधी समेत प्रभावित हुन्थे । 

वहाँ जहा वस्नु हुन्थ्येा त्यहाँ मन्च हुने गर्दथ्येा, एक पटक गोलघर जेलमा वस्दा लेखेको चिठीले त्यहीँ विद्रोह जन्मायो र सवैले नारा लगाउन थाले। विपी असहमत विचारलाई पनि सम्मान गर्नै एक संस्कारी राजनेता हुनुहुन्थ्यो, . उहाँले कहिल्यै अँफ्नेा निष्ठा छेडनुहुन्थेन र समय तालिकका अनुसार अध्ययन, लेखन, भेटघाट अदि गर्नु हुन्थ्यो, । वहाँले घोषणा गरेको विद्रोहमा सहभागी साथीहरुको हरेक आरोप र मुद्दाको जिम्मा लिनुहुन्थ्यो । उहाँका जीवनका धेरै कुराहरु अनुशरणीय छन् यसर्थ वहाँका साहित्य तथा विचा्रका वारे वहस छलफल गरिरहनु पर्दछ । वहाँका लेख मात्र हो र अदालतमा दिएका वयानहरु समेत विश्व साहित्य स्तरका छन् ।

विपी अध्ययनशील हुनुहुन्थ्यो र धेरै कितावहरु त जेल भित्रै पढ्रनु भयो र त्यही धेरै किताव पनि लेख्नु भयो । विपीले स्तर अनुसारको कुराहरु गर्नुहुन्थ्यो । विपीको विचार गतिशील छ, अहिले पनि त्यही विचार र चिन्तनको वरीपरी देश र समाज घुमीरहेको छ । जिम्मेवारी कै हिसावले हेर्ने हो भने वहाँले धेरै समय र वर्ष पदमा ओगटेर वसेको देखिदैन, साथीहरुलाई जिम्मेवारी दिनुहुन्थ्यो, अहिले त पद पायो कि त्यहीँ टासिने गर्दछन् ।

अव आजीवन नेता वन्ने पद्दति हटाउनु पर्दछ । पदमा रहेर गरेको कामले अपेक्षित परिणाम नआए राजीनामा दिने पद्दती वसाल्नु पर्दछ । अहिलेका नेताको गलत प्रवृत्तीले गर्दा जनताले विद्रोह गर्ने अवस्था आएको छ,. अव पनि नेता सुध्रदैनन भने वदमासी गर्नेलाई हामीले पनि चुनावमा फ्याकी दिने हिम्मत गर्नु पर्दछ र दह जस्तो जमेको अवस्थालाई चलायमान गरिदिनु पर्दछ ।

काङरेसमा सकृय सदस्यता जसले दियो उसैले पार्टी संगठनकेf चुनावमा उठ्न पाउने सिस्टम नै गलत छ ,यसर्थ सदस्यता वितरण गर्नेको कव्जामा पार्टी रहन वाध्य हुने गर्दछ । सकृय र साधारण गरि दुइ थरीकेा सदस्यता दिने तरिका पनि व्यवहारीक छैन यो हटाउनु पर्दछ ।

अव भाषा र सीप भएको मान्छे मात्र नेतृत्वमा आउनु पर्दछ, आर्काले लेखिदिएको घोषणा पत्र र वक्तव्य पढेर काम चलाउनेलाई हटाउनु पर्दछ । हारेपछि घुमाइफिराई फेरी नेतृत्वमा आउन दिनै हुदैन र त्यहाँ अर्कोलाई ठाउँ दिनु पर्दछ । हरेक पदस्थले राजनैतिक उत्तरदायित्व लिनै पर्दछ । आज राजनीतिमा भुइफुट्टा वर्गले घेरेर वसेको छ र हामी सोझा प्रजातन्त्र प्रेमीहरु उनीहरुले गरेका गलत कामको शिकार हुनुपरेको छ र जनताका वीचमा जवाफ हिन हुन परेको छ । अव यस्ता भुइफुट्टालार्इ हटाएर नयाँलाई ल्याउने वहस चलाउनु पर्दछ । जे भनेपनि लोकतन्त्रको विकल्प छैन र यो टुट्न दिन हुदैन । धेरै आकर्षक यो भाषण सुनेर कोही अघाएको थिएन तर सरले आँफ्रनो भनाई यहीँ समाप्त गर्नुभयो ।

त्यसपछि नेका जिल्ला सभापति राजु थापा जीको वक्तव्य सुरु भयो । वहाँले अव नयाँ पुरानो हैन क्षमता भएका, जसलाई पनि, युवाहरुलाई पनि नेतृत्वको अवसर दिएर अगाडि वढ्रन पर्ने, गरिखाने वर्गहरुलाई पनि राजनीतिमा समेट्न पर्दछ जसरी विपिले क्रान्ति र संगठन चलाउदा सुवर्ण सम्सेरको सहयोग लिनु भएको थियो । पदीय जिम्मेवारीमा पुगेर शक्तिको दुरुपयोग गरी आँफन्तका नामको प्रतिष्ठान लाई रकम छुट्टयाउने नराम्रो कामको खुलेर विरोध गदै गलत जसले सुकै गरोस त्यसको शसक्त विरोध आँफुले गर्ने दृढता व्यक्त गर्दै आँफ्रनो भाषण समापन गर्नुभयो ।

त्यसपछि देशमा मानव अधिकार,विधिको शासन र लोकतन्त्रिक मुल्यमान्यताको लागि प्रचार प्रशार, अन्तरकृया गर्ने हेतुले प्रजातान्त्रिक विचार समाजको गठन भएको र हाल देशभर ७२ जिल्लामा जिल्लास्तरको संगठन वनेको जानकारी दिदै आजका प्रमुख अतिथि प्रजातान्त्रिक विचार समाजका केन्द्रिय अध्यक्ष डा केदार नरसिंह केसीले प्रजातान्त्रिक आचरण, चरित्र तथा विचार कायम गर्न सवै लाग्नु पर्ने, विवेक आँट र भरोसा राखेर देखेको भन्न सक्ने हैसियत वनाउने सल्लाह दिदै आँफ्रनो भनाई विराम गर्नु भयो । समाजका उपाध्यक्ष रामचन्द्र अर्यालले अतिथीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । अन्तमा आँफ्रनो संक्षिप्त मन्तव्य सहित सभाध्यक्ष तथा प्रजातान्त्रिक विचार समाज स्याङजाका अध्यक्ष श्री युक्त वोगटीले हामी आँफु भित्र भएका कमजोरीहरुलाई चिन्न पनि पर्दछ भन्दै सवैलाई धन्यवाद दिदै गोष्ठिको समापन गर्नुभयो ।

लोकतन्त्र वचाउन, जनताको कल्याणको लागि जो जसले गल्ति गरोस निर्भिक भएर विरोध गर्न आजको गोष्ठीले हामी सवैलाई प्रेरित गरेको छ,सायद अवका दिनमा स्याङजाको राजनीतिमा यसले सघाउ पुर्याउने छ । यो सवै जुराउने प्रजातान्त्रिक विचार समाज स्याङजाका साथीहरुलाई,सम्पुर्ण अतिथी महानुभावहरू र सहभागी सवैलार्इ हार्दिक धन्यवाद ,निरन्तर यस्तो कार्यक्रभ भैरहोस ।

(कम शव्दमा लेख्दा छुटन गएका कुराहरू प्रति क्षमा प्रार्थी छु )

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …