तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका वडा नं. ३ सावाकटहरेका वडा अध्यक्ष जेफर राईले टोलटोलमा पुगेर असारमा पाउने सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको छ ।

सामाजिक सुरक्षा भत्ता लिने कतिपय नागरिक बैंकसम्म पुग्न समस्या भएका कारण वडाले टोलटोलमै पुगेर भत्ता वितरण गरेको वडाध्यक्ष जेफर राईले बताउनुभयो ।

नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता बैंक मार्फत प्रदान गर्दै आईरहेको भए पनि पहाडी र हिमाली भूगोलमा बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन समस्या भएको नागरिकहरुको गुनासो आएकोले नागरिकको गुनासोलाई मध्यनजर गर्दै वडाको टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता लिने नागरिकहरु प्राय अशक्त हुनुहुन्छ। उहाँहर बैंकसम्म आउनजान समस्या हुन्छ । त्यसैले उहाँहरुको समस्यालाई मध्यनजर गर्दै हामीले बैंकसंग सहकार्य गरेर टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको राईले बताए ।

यस्तै टोलमा पनि आउन नसक्ने अशक्त नागरिकहरुलाई घर-घरमै पुगेर पनि सामाजिक सुरक्षा भत्ता प्रदान गरेको वडा अध्यक्ष जेफर राईले बताउनुभयो। राईले भन्नुभयो टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरुको हस्ताक्षर संकलन गर्ने र बैंकबाट रकम निकाले पश्चात पुनः टोलमै पुगेर भत्ता वितरण गरिएको राईको भनाइ छ ।

उक्त कार्यक्रम नागरिकको सहजताकालागि सुरु गरिएको यो कार्यलाई आफु वडाध्यक्ष रहुनजेल निरन्तरता दिने राईले प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …