वासिङ्टन। विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ ।
एक सयभन्दा बढी देश र यस क्षेत्रका ३,६०० खेलाडीहरूले जुलाई ७ देखि १७ सम्म विभिन्न ३४ खेल प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
जम्मा २२३ पदका लागि ती खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् जसमा एयर स्पोर्ट्स, वाटरस्की र वेकबोर्ड, उसु, फ्लाइङ डिस्क, फ्ल्याग फुटबललगायतका खेलहरू समावेश गरिएको छ ।
अन्तर्राष्ट्रिय विश्व खेल सङ्घद्वारा आयोजित र अन्तरराष्ट्रिय ओलम्पिक समितिद्वारा समर्थित यो विश्व खेलकुद ११ दिनसम्म जारी रहने अन्तर्राष्ट्रिय स्तरको एक बहुखेल प्रतियोगिता हो ।
यो प्रतियोगिता ग्रीष्मकालीन ओलम्पिक खेलहरूपछि सान्ता क्लारामा पहिलो संस्करणबाट सन् १९८१ देखि आयोजना हुँदै आएको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …