तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रुपन्देही । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आगामी प्रदेश तथा संघीय निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्र नं. २ रुपन्देहीद्वारा शनिबार बुटवलको बेलबासमा आयोजना गरिएको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सो कुरा बताउनुभएको हो ।

गृहमन्त्री खाँणले आगामी आर्थिक वर्षबाट बुटवल–पाल्पा सडकखण्डको पहिरो प्रभावित सिद्धबाबा सडकखण्डमा टनेल मार्ग निर्माण सुरु गर्ने बताउँदै बुटवल नारायणघाट सडकखण्डको दाउन्ने क्षेत्रमा समेत सरकारले टनेल मार्ग बनाउने वताउनुभयो । 

उहाँले मझिमटारदेखि शक्तिखोरसम्मको सडकखण्डमा पनि टनेल मार्ग निर्माण सुरु गर्ने बताउँदै खासगरी लुम्बिनी क्षेत्रलाई रोजगारीसँग जोड्न सरकारले सुरक्षित यात्रालाई व्यवस्थित बनाउने उल्लेख गर्नुभयो । 

गृहमन्त्री खाँणले खासगरी रुपन्देहीलाई औद्योगिकरणसँग जोड्ने र पर्यटक आउने गन्तव्यका रुपमा विकास गर्न सरकारले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाउनु भयो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …