तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएको भन्दै चर्को विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य र सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो । जसअनुसार कतिपय ठाउँमा डेढ सय बढीसम्म भाडा घटेको छ ।

सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा पनि घटाएको हो ।

यात्रुवाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ । नयाँ भाडाअनुसार काठमाडौंदेखि बाजुराको मार्तडीसम्म पुग्न ९ सय ४४ किमी बाटोमा ३ हजार १ सय ७५ लाग्ने गरेकोमा अब ३ हजार ३ सय कायम गरिएको छ ।

जसमा १ सय १ सय ७२ रुपैयाँ सस्तो भएको छ । काकडभिट्टा–नारायणगढको भाडा यसअघि १३ सय ३६ रहेकोमा अब १२ सय ६४ रुपैयाँ कायम गरिएको छ । काठमाडौं– अत्तरिया–सिलगढीको भाडा २५ सय ८४ रहेकोमा अब २४ सय ४५ कायम गरिएको छ । काठमाडौंदेखि इलामको भाडा २ हजार ७९ रहेकोमा अब १९ सय ६७ कायम गरिएको छ । यसैगरी, काठमाडौं झापाको भाडा १८ सय ४ रहेकोमा अब १७ सय ६ रुपैयाँ कामय गरिएको छ ।

काठमाडौंदेखि धनगढी सीतागढी साँफेबगरसम्मको ८ सय ९९ किमीको भाडा २८ सय ८९ रहेकोमा अब २७ सय ३३ रुपैयाँ तोकिएको छ । काठमाडौं धरानको भाडा यसअघि १६ सय ५ रुपैयाँ रहेकोमा अब १५ सय १८ कायम गरिएको छ । सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो । यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा समायोजन गरिएको जनाएको छ । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ ।

पटकपटक वृद्धिपछि घट्दा केही राहत

विगत एक वर्षको तुलनामा सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा भने ५० प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ । सरकारले गत वर्षको असार, चैत र जेठ महिनामा दुईपटक गरेर चारपटक भाडा वृद्धि गर्दै सार्वजनिक तथा मालवाहक सवारी साधनमा ५० प्रतिशत बढी मूल्य वृद्धि गरेको छ ।

गत २०७८ असार अन्तिममा सरकारले २८ प्रतिशतसम्म सवारीसाधनको भाडा वृद्धि गरेको थियो । सरकारले चैत तेस्रो साता पुनः दोस्रोपटक १५ प्रतिशतसम्म हुने गरी भाडा बढाएको थियो । गत असारमा तत्कालीन सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै २८ प्रतिशतसम्म भाडा वृद्धि गरेकोमा चैतमा पुनः १५ प्रतिशतसम्म वृद्धि भएको थियो ।

विभागले गत चैत अन्तिममा सार्वजनिक गरेको भाडादरअनुसार एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि गरेको थियो । सरकारले गत जेठ पहिलो साता पुनः तेस्रोपटक सवारीसाधनको भाडा बढाएको थियो । इन्धनको मूल्यवृद्धि भएसँगै सरकारले स्वचालित प्रणालीअन्तर्गत सार्वजनिक यातायातको भाडा वृद्धि गरेको जनाएको थियो ।

यातायात व्यवस्था विभागले जेठ पहिलो साता अन्तरप्रदेश यात्रुवाहक सवारीसाधनको भाडा ३.५ प्रतिशतले वृद्धि गरेकोमा पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ५.१ प्रतिशतले बढाएको थियो । सरकारले पुनः जेठ दोस्रो साता चौथोपटक सवारीसाधनको भाडा वृद्धि गरेको थियो। राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …