तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र तालुकदार मन्त्रालयमा सरुवा माग्न आउने अधिकांश कर्मचारी घुस खान पाइने निकाय वा कार्यालयमा जान मरिहत्ते गर्ने क्रम फेरि बढेको छ । सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग्न आउनेहरूको भीडभाड लाग्ने क्रम बढ्दो छ ।

त्यसरी सरुवा माग्न आउनेमध्ये अधिकांश कर्मचारी घुस खान पाइने र अतिरिक्त कमाइ राम्रो हुने ठाउमा जानेगरी दौडधुप गर्ने गरेका छन् । त्यस्ता कर्मचारी विभिन्न शक्तिकेन्द्र धाउने तथा बिचौलियाको समेत प्रयोग गर्न खप्पिस हुने गरेको सामान्य प्रशासन मन्त्रालयका अधिकारीको अनुभव छ । जनस्तरमा समेत केही सरकारी कार्यालय ‘घुस्याहा’ कार्यालयका रूपमा चिनिन्छन् ।

जहाँ घुस नदिई जनताका कुनै काम हँुदैन । प्रशासन, कृषि, वन, इन्जिनियरिङ र विभिन्न सेवा समूहका कर्मचारी घुस खान पाइने निकायमा जान हौसिने गरेका छन् ।

मन्त्रालयका अधिकारीका अनुसार घुस्याहा र आकर्षक कार्यालयका रूपमा वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, नापी कार्यालय, यातायात कार्यालय, श्रम कार्यालय, राजस्व कार्यालय, सडक तथा डिभिजन कार्यालय, कर कार्यालय, सुगम र बढी बजेट भएका स्थानीय तहहरू, कम्पनी रजिस्टार कार्यालय, भौतिक तथा पूर्वाधार मन्त्रालयअन्तर्गतका कार्यालय, केही जिल्ला प्रशासन कार्यालय छन् ।

लामो समयसम्म आकर्षक कार्यालयमा बसेकाहरू घुमाइ फिराइ त्यस्तै आकर्षक निकायमा नै सरुवा भई जाने गरेका छन् । आकर्षक ठाउँबाट कम आकर्षणयुक्त ठाउँमा सरुवा भएमा त्यस्ता कर्मचारीले शक्तिकेन्द्र तथा पैसाको प्रयोग गरेर पुरानै ठाउँमा थमौतीसमेत गराउने गरेका छन् । कतिपय कर्मचारी वर्षांैदेखि आकर्षक निकायमा नै रहन सफल हँुदै आएका छन् ।

निजामती प्रशासनमा त्यस्ता कर्मचारीलाई ‘डन कर्मचारीका रूपमा चिनिन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मनग्ये रूपमा अतिरिक्त कमाइ हुने र कमिसन पनि राम्रै हात पर्ने भएकाले ती कार्यालयमा जान कर्मचारीको तँछाडमछाड हुने क्रममा कमी आएको छैन ।

त्यस्ता कर्मचारी नेतादेखि उच्च प्रशासकसम्ममा नै सेटिङ मिलाउनसमेत खप्पिस रहेको मन्त्रालयका अधिकारीको दाबी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो अध्ययनले घुस्याहा र आकर्षक कार्यालयमा जाने र यसका लागि सेटिङ मिलाउने कर्मचारीको संख्या उल्लेख्य रहेको देखाएको छ ।

किन मरिहत्ते गर्छन् कर्मचारीहरू ?

आकर्षक र घुस्याहा मानिएका सरकारी कार्यालयमा मनग्यै रूपमा आर्थिक कमाइ हुने गरेको छ । कतिपय कर्मचारीले त दैनिक रूपमा नै १० देखि ३० हजारसम्म अतिरिक्त कमाइ गर्ने गरेको राष्ट्रिय सतर्कता केन्द्रको अध्ययनले देखाएको छ । त्यहाँ कार्यरत कर्मचारीको उठबस शक्तिकेन्द्रहरूसँग समेत हुने गरेको छ । उनीहरूमा पैसाको प्रयोग गरी उच्चतहमा पहुँच राख्न सक्ने खुबी विकास हुने गरेको छ ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …