तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हेमराज उपाध्धाय

काठमाडौं । आजभोलि  लागुऔषध प्रत्येक समाजको चुनौतीको बिषय बनेकोछ । भमराले फूलको रस चुसेजस्तै  दिनहु निर्दोष  बालबालिका , किशोरकिशोरी, युवाहरुलाई लागुऔषध दुर्व्यसनीले चुस्चुस चुसिरहेकोछ । हरेक बस्तीका गल्लीगल्लीहरुमा ग्रसित व्यक्ति , लड्बडाइ रहेका , छट्पटी रहेका , लम्पसार परेकका पाउदछौँ । यो ज्यादै दुखदयी बिषय बनेको छ ।

समस्त व्यक्तिहरुको जिवनमा हैरानी बनेको लागुऔषध आजभोलि समाजमा व्यक्तिहरुको अपरिहार्य तत्त्व बनेको छ । समुदायको एक घरमा एक व्यक्ति दुर्व्यसनीमा फसेको पाउन सक्छौ । हिजोअस्ती  सामुदायिक क्याम्पस र  बिद्यालयको चर्पीमा डुङ्डुङ्ती  मलमूत्र गनाउने ठाउँहरुमा हिजोआज चरेस , गाँजा  ,चुरोटको धुवाँ गनाउन थालेकोछ । 

चर्पीको झ्यालढोकाका चेपहरुमा चुरोटका ठुटा , सलाईका काटिहरु , गुट्काका खोल,  सुइ, लागूऔषधका कबरहरु पाइन थालेका छ्न । शिक्षकले अध्यापन गराउदा विद्यार्थीहरु लठ्ठ परि सुनी मात्र रहन्छ्न । शिक्षकले दोहोरो अन्तरक्रिया गर्दा झनक्क रिसाउने , झर्किने गरेको तथा अनैतिक क्रियाकलापहरु गरेको गुनासा थुप्रै नभएका होइन । लागुपदर्थ सेवन गरि जन्मउत्सव , चाडपर्व  जस्ता दिनहरुमा पार्टी तथा मनोरञ्जनका बहाना विभिन्न  हिंसात्मक गतिविधि हुदैआएकोछ ।

केहि बर्ष पहिलेको तुलनामा लागुऔषध दुर्व्यसनको सिकार बन्नेको संख्या तेब्बरले बढेको छ । सडकका किनारा, चोकचौतारा , पार्टीपौवाहरुमा अल्लारे ठिटाहरु आखाहरु राताराता बनाई दुर्गन्धित शब्दहरु प्रयोगगरि सिङ्गो समुदायमा नै समस्या निम्ताइरहेका छ्न । चोरी , डकैती , लुटपाट , हत्याहिंसा , बलात्कार जस्ता घटना दिनहुँ बढ्नुको मुख्य कारक तत्त्व पनि लागुऔषध दुर्व्यसनी हो ।  

नेपालको कानुनी सन्दर्भमा हेर्दा  सम्बन्ध बिच्छेद पछीको मुद्दा लागुऔषधको रहेको छ । बिश्वका विभिन्न मुलुकहरुले लागु औषध नियन्त्रणका प्रयास नगरेका छैन तर पनि यसको तिब्रता ले आकाश छुन लागेको छ । अन्य मुलुक जस्तै नेपालमा पनि यस लागु औषधको अपराध र यसको कानुनी पक्ष विषयमा दृष्टि राख्नुपर्ने आवश्यक भएको छ। अन्तरास्ट्रिय रुपमा नै नेपाललाई तस्करहरुले मुख्य केन्द्र बिन्दु बनाउदै आएका छ्न । तर अन्तर्राष्ट्रिय रूपमा तस्करी नियन्त्रणको प्रयास नभएको होइन अर्थात सन् १९०९ को अफिम कमिशनले लागु औषध नियन्त्रणको पहिलो प्रयास थालनी गर्‍यो , यस्तै हेग कन्भेन्सन सन् १९१२ ले पनि यस दिशातर्फ सन्धि कानुनको आयाम थप्यो , सन् १९८८ को महासन्धिले मुलतः लागु औषधको अवैध नियन्त्रण कार्यमा पूर्णत: नियन्त्रणमा ल्याउन नसके तापनि तत्कालीन विश्व समुदायको प्रयास र लागु औषध समस्याको बरे खोज अनुसन्धान गरिएको छ ।

लागु औषध तस्कर नियन्त्रण सम्बन्धि सन १९८७ को अन्तरास्ट्रिय सम्मेलनमा लागु औषध ओसारपसार , लागु औषध वितरण , उपचार , पुनःस्थापनको लागी केही बहस भएको थियो । तर यसको कार्यनयन भएको स्पष्ट पाएको छैन ।  वि.सं.२०३३ सालभन्दा अगाडी नेपालमा गाँजाजन्य पदार्थहरू खुल्लम खुल्ला विक्री वितरण हुने गर्दथे। जब लागु औषध नियन्त्रण ऐन, २०३३ कार्यान्वयनमा आयो त्यसपछि लागु औषधलाई कानूनतः प्रतिवन्ध लगाइयो। तर पनि यसको प्रभाव त्यति परेको पाइदैन , यसको बढ्दो क्रमले समाज र राज्यलाई चुनौतीको अखाडामा राखेको छ 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …