तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर 

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ असोज २१ मा वरिष्ठ व्यवस्थापक सहायक (नासुसरह) बाट सरकारी सेवा प्रवेश गरी करिब चार वर्षमै राजीनामा दिएका गुल्मीको मालिका गाउँपालिका–५ का ३० वर्षीय भीमकान्त भण्डारीविरुद्ध सवा ६ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पदीय दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले भण्डारीविरुद्ध ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बिगो, कैद सजाय तथा बिगो बराबरको जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबीसहित मुद्दा दर्ता गरेको हो । सरकारी सेवा प्रवेशअघि सामान्य आर्थिक स्थिति रहेका भण्डारीले २०७७ साउन १ मा राजीनामा दिएका थिए । यो अवधिमा उनले तलब/भत्ता, सञ्चय कोषलगायत वैध स्रोतबाट जम्मा ११ लाख ५० हजार ९ सय ९१ रुपैयाँ ९० पैसा मात्रै आर्जन गरेको देखिन्छ तर उनीसँग रहेको चल/अचल सम्पत्ति र विभिन्न कम्पनी तथा संस्थामा गरेको लगानी भने अपत्यारिलो छ । उनकी पत्नी विमला पन्थी २०७१ बाट खरिदार पदमा सरकारी सेवामै कार्यरत छिन् ।

सेवा प्रवेशका क्रममा सुरु पोस्टिङ स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ग्रामीण विकास प्रशिक्षण केन्द्र कलबलगुडी, झापा भए पनि त्यसपछि २०७३ कात्तिक ११ मा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७३ चैत २१ मा अर्थ मन्त्रालय, २०७४ चैत ७ मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र २०७४ चैत ८ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा काज सरुवा भएका उनले २०७७ असार ३० मा स्वैच्छिक अवकाश लिएका थिए । सरकारी सेवामै रहँदा उनले विभिन्न निजी कम्पनीमा लगानी तथा कारोबार गर्ने गरेको देखिएको छ । उनले आफू सञ्चालक रहेका पाँच वटा कम्पनीका नाममा २ करोड ९५ लाख २५ हजार रुपैयाँ लगानी गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । यी कम्पनीमा सुरुमा १ करोड ७० लाख २५ हजार लगानी गरेका उनले पछि रकम बढाएका थिए ।

भण्डारीले विध म्यानेजमेन्ट प्रालिमा २०७६ चैत १६ बाट कारोबार गरेको देखिन्छ । विध ल्याबमार्फत नै उनले कोभिडकालमा सरकारले गर्दै आएको कोरोना परीक्षणको दायरा बढाएर आफ्नोबाट परीक्षण गर्न मिल्ने गरी सेटिङ मिलाएको अख्तियार स्रोत बताउँछ । सुरुमै पहुँच र प्रभावका आधारमा आफ्नो ल्याबबाट उनले कोरोना परीक्षण गर्न मिल्ने मिलाएका थिए । यसैगरी उनी सञ्चालक रहेको विध अटो मोबाइल प्रालिमा ४० लाख लगानी भएको देखाएका छन् । उनले रेमिट कम्पनी पनि चलाएका छन् । 

सेवा रेमिटका नाममा आफ्नो २ लाख ७५ हजार लगानी रहेको उल्लेख गरेका छन् । खनिज कम्पनीमा पनि उनको संलग्नता देखिएको छ । माडी खनिज सप्लायर्स प्रालिमा उनले १ करोड लगानी गरेको देखिन्छ । यस्तै बीएन डेभलपर्स प्रालिमा पनि उनको ५२ लाख ५० हजार रुपैयाँ लगानी छ ।कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …