• आईतबार, असार-१९,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तनहुँ। चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा १२ जना बालबालिकाको मृत्यु भईसकेको छ । पाँच वर्षको अवधिमा मात्र जिल्लामा चितुवाकै आक्रमणबाट १२ जनाको मृत्यु भई सकेको छ । यता चार दिनको अवधिमा एक जनाको मृत्यु हुनको साथै दुई जना घाईते भएपछि बन्दीपुरका बासिन्दा त्रसित भएका हुन् ।

चितुवा दिउँसै बस्तीमा पसेर मानिसलाई आक्रमण गर्ने क्रम नरोकिएपछि बन्दीपुरका बासिन्दा आतङ्कित बनेका छन् । चितुवा प्रभावित बासिन्दा दिउँसै ढोका बन्द गरेर बस्नु पर्ने बाध्यता भएको छ । विसंं. २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

यता मङ्गलबार दिउँसो सवा ४ बजे चितुवाको आक्रमणबाट वडा नम्बर –१ को बोडिश्वाँरा बस्ने सुकमाया रिमाली मगर र प्रेमबहादुर रिलामी मगरको ५ वर्षको छोरा सुप्रिप रिलामी मगरको आक्रमण गरेर मारेपछि स्थानीय वासिन्दा झन् डराएका छन् । नरभक्षी चितुवाले दिउँसै बस्तीमा आएर आक्रमण गर्ने गरेकोले आतङ्कित बनेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । फेरी आक्रमण गर्ने डरले त्रसित भएको बन्दीपुर गाउँपालिकाका प्रवक्ता श्रेष्ठ बताउनुहुन्छ । ‘हिङ्स्रक चितुवा घरी घरी बस्तीमा आईरहेकोले स्थानीय बासिन्दा त्रसित भएका छन्’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । 

आईतबार विहान वडा नं. १ को बाघदलेमा बस्ने बर्ष ३४ को हिमलाल गरन्जा मगर आफ्नै घरको पिढीमा सुतिरहेको अवस्थामा आक्रमण गरेर घाईते बनाएको थियो । वडा नम्बर ४ को टावर बस्ने सन्तोष थापाको ८ वर्षकी छोरी रियाना थापालाई शनिबार साँझ ८ः३० बजे घरमै आएर चितुवाले आक्रमण गरी घाईते बनाएको थियो ।  ति दुई मात्रै नभई आसपासको वस्तीमा पुन:  चितुवा आउने गरेकाले नरभक्षी चितुवालाई नियन्त्रणमा लिनु पर्ने माग स्थानीय वासिन्दाको रहेको उहाँले जानकारी दिनुभयो । 

हाल चितुवाले बच्चा हुर्काउने बेला भएकोले आहार जङ्गलमा नपाएर मानव बस्तीमा आएको र मानिसलाई आक्रमण गरेको हुनसक्ने डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताउनुहुन्छ । साथै काफ्ले चितुवा बुढो भएर दाँत नङ्ग्राहरु भाँचिदै गएका र शिकार गर्न नसक्दा मान्छेको बच्चालाई आक्रमण गरेको हुन सक्ने बताउनुभयो । डिभिजन वन कार्यालयले एक सूचना जारी गरी बालबालिकालाई एक्लैदुक्लै नछाड्न, घर वरीपरीको झाडी फाड्न, साँझ र झिसमिसे उज्यालोमा घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

वनमा चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वनकुखुरा मानिसले मारेर खाईदिँदा लोप हुँदै गएकोले आहारा नहुँदा  चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको सहायक डिभिजन वन अधिकृत काशीराम पण्डित बताउनुहुन्छ ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

स्वधाम गमन !

स्वधाम गमन !
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …