• आईतबार, असार-१९,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अनुसा थापा

२०४५ सालमा काठ्माडौंको नगरपिता केशव स्थापित हुँदा गोगंबुको एकसय ६१ रोपनी जनताको जग्गा नेपाल सरकारले नयाँ बसपार्क बनाउने भनेर अधिकरण गप्यो । जग्गाधनीलाई थोरै रकम दिएर सरकारले जग्गा आफ्नो नाममा ल्यायो । ती जग्गाधनी विस्थापित भइसकेका छन् ।

उनीहरु मरे कि बाँचे कसैलाई अत्तोपत्तो छैन् । देशैभरका गाडी छुट्ने बसपार्कको खाँचो ओल्याउदै जापान सरकारले त्यत्तिकै नयाँ बसपार्कको निर्माण गरिदियो । त्यतिखेर स्थापितले आफु नगरपिता भएको फाइदा उठाउदै ५४ वर्ष ल्होत्से सहकारीलाई उक्त बसपार्क सञ्चालन गर्न दिने भनेर सम्झौता गरे ।

यहाँ अर्बौं रुपैंयाको चलखेल भएको थियो । कानूनमा हरेक पाँच वर्ष नवीकरण गर्नुपर्छ । कि टेण्डर आह्वान गरेर अर्को व्यक्तिलाई सञ्चालन गर्न दिनुपर्छ । तर, स्थापितले एउटै व्यक्तिलाई यत्रो वर्ष भाडा वा लिजमा बसपार्क सञ्चालन गर्ने अनुमति दिएका हुन् । एक सय ६१ रोपनीमध्ये जम्मा ६४ रोपनी जग्गामा बसपार्क सञ्चालनमा छ ।

अन्य सबै जग्गामा भवन निर्माण गरेर भाडामा लगाइएको छ । त्यहाँभित्रको २४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भइसकेको छ । महानगरपालिका र वडाले व्यक्तिको नाममा गएको जग्गा फिर्ता ल्याउन चासो देखाएको छैन् । अर्कोतिर, यत्रो वर्षदेखि जग्गाको नापजाप गरिएको छैन् ।

ल्होत्से सहकारीले पूरा बसपार्क र बाँकी जग्गा गरेर महानगरलाई वार्षिक ९० लाख रुपैंया भाडा तिर्छ । जग्गा सरकारको बसपार्क बनाइदिने जापान सरकार, ल्होत्सेको त एक शुको पनि लगानी छैन् । बिना लगानी ल्होत्सेले करौंडौं आम्दानी गरिरहेको छ । वार्षिक ९० लाख भाडा तिर्ने ल्होत्सेको आम्दानी नै पाँच करोड छ ।

बसपार्कभित्र छिर्नेबित्तिकै एउटा गाडीबाट हजार रुपैंया असुल्छ । अनि लोकल गाडीको तीन सय रुपैंया लिन्छ । एउटा गाडी पार्किङ गरेबापत दैनिक छ सय रुपैंया लिने गरेको छ । यात्रुले टिकट काटेको रकमबाट २० प्रतिशत कमिशन लिन्छ । दुई हजार रुपैंयाको टिकट काट्यो भने चार सय त ल्होत्सेले उठाउछ ।

बसपार्कभित्र २० हजारदेखि तीन लाखसम्म मासिक भाडा सटरको निर्धारण गरेको छ, ल्होत्सेले । खाली सटर २४ लाखदेखि ६० लाखसम्म खरिदबिक्री गर्छ । त्यहाँ व्यापार गर्ने खोज्नेसंग तिन महिनाको भाडा पहिल्यै असुल्छ । सरकारको सम्पत्तिमा ल्होत्से सहकारीको मोजमस्ती । ल्होत्से सहकारी मालामाल, सरकार कंगाल ।

नगरपिता हुँदाखेरि सरकारी जग्गा हिनामिना गर्ने, भ्रष्ट्राचार गर्नेलगायतका काम गरेको हुनाले हालै मात्र सम्पन्न स्थानीय चुनावमा जनताले उनलाई हराइदिए । स्थापितभन्दा अघिका मेयर पेल सिंह, नानीमाया दाहालले पनि थुप्रै सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिदिएका छन् ।यता, सिर्जना सिंहलाई महानगरवासीले आफ्नो अभिभावक बनाउन चाहेनन् । बरु, स्वतन्त्रबा उठेका बालेन्द्र शाहलाई अत्याधिक मत दिएर जिताइदिए । बालेनप्रति जनताको धेरै अपेक्षा छ । सरकारी जग्गा फिर्ता ल्याउलान् र महानगरवासीको हितमा काम गर्लान् भन्ने आशा बोकेर उनीहरु बसेका छन् ।

ल्होत्सेले ठूल्ठूला राजनीतिक पार्टीलाई चन्दा दिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसलाई ल्होत्से सहकारीले पोसेको छ । उता, यातायात व्यवसायी र मजदुर संगठनहरुले पनि यहाँबाट पैसा खाएका छन् । राजनीतिक पार्टीलाई चुनौती दिएर नगरिपिता मेयरले ल्होत्सेको सम्झौता तोड्न सक्लान् ?

महानगर र ल्होत्सेको सम्झौता खारेज गरेर नयाँ टेण्डर आह्वान गर्ने हो भने मासिक तीन करोडसम्म भाडा तिर्ने आउछन् । यसो हुँदा व्यक्तिको खल्तीमा एक शुको पनि जान पाउदैन् । राजनीतिक दल र विभिन्न व्यक्तिलाई पोस्ने काम बन्द हुन्छ । यो निर्णय गर्न सक्ने आँट नगरपिता बालेनसंग छ ? नयाँ बसपार्क त एउटा उदाहरण मात्र हो ।हरेक वडामा गुठी र सरकारी जग्गा व्यक्तिको नाममा गएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरुले व्यक्तिको नाममा गएको मठमन्दिर, गुठी र सरकारी जग्गा फिर्ता ल्याउन सक्छन् ? रिबन काट्न तिर होइन् बरु आफ्नो वडा र नगरमा भएको सम्पत्ति खोजतलास गर्नतिर लागौं ।

हेर्दाहेर्दै मासिएको ढुंगेधारा, कुवा, पार्टीपौवा जनप्रतिनिधिहरुले फिर्ता ल्याउन सक्छन् । तालपोखरी पनि व्यक्तिको नाममा गएको छ भन्दा पनि अचम्म लाग्छ । पार्टीपौवा मासेर बस्ने घर ठड्याइएको छ । हाम्रो पुर्खाहरुले साँजेको सम्पत्ति फिर्ता ल्याउने जिम्मा अबका जनप्रतिनिधिहरुको हो ।कति जनताको हितमा काम गर्ने जनप्रतिनिधिहरु पनि आएका छन् । उता, जग्गा दलाली र ठेकेदार पेशाबाट आएकापनि जनप्रतिनिधि बनेका छन् । अब यिनीहरुले आफ्नो पृष्ठभुमि बिर्सिनुपर्छ । अझैपनि ठेक्कापट्टा र जग्गा दलाल गर्ने हो भने अस्तित्व नै मेटिन सक्छ भनेर विचार गरौ ।

यता, सञ्चारकर्मीहरु पनि पार्टीगत हिसाबमा चल्दा सरकारी सम्पत्ति दुरुपयोग भयो । सञ्चारकर्मीहरु अटल हुन नसक्दा जनप्रतिनिधिहरु मोटाए । नेपालका सबैजसो मिडिया हाउसले कुनै न कुनै राजनीतिक पार्टीप्रति आस्था राखेको छ । जसको कारण मुलुकमा विकृति मौलायो ।नगरपिता बालेनले जनताको घरदैलोमा पुगेर म भ्रष्ट्राचार गर्दिन् । तलबभत्ता, सेवासुविधा केही पनि लिन्न । मेरो पुख्यौली सम्पत्ति नै टन्न छ । म जनता र राष्ट्रको हितमा काम गर्छुलगायतका बाचा गरेका थिए । अब ती बाचाहरु साबित गर्ने बेला भइसकेको छ । आफुले गरेको बाचा पूरा गर्न सक्छन् कि सक्दैनन् ?

हेर्ने बेला आएको छ । मठमन्दिरको छेउछाउमा भएको जग्गा भाडामा लगाएर व्यक्तिहरुले कमाइरहेका छन् । व्यक्ति पैसा कमाउने तर राज्य हेरेको हेप्यै । राज्य हिजो पनि रित्तो थियो आज पनि रित्तै छ । तिर्खा लाग्यो भने पानी खाने ढुंगेधारा छैन्, काठ्माडौंमा । पानी पिउनुपप्यो भने ३० रुपैंया तिर्नुपर्ने बाध्यता छ ।पैसा नहुने प्यास मेट्न पानी पनि पाउदैनन् । भएका छ सय ३५ वटा ढुंगेधारा मासेर घर बनाइयो । उता, थकाइ लाग्यो भने एकछिन बस्छु भन्दा पनि पाइदैन् । पार्टीपौवा सबै मासिसकेका छन् । कहाँ गएर थकाइ मार्नु ? नगरपिता बालेनबाट आश धेरै छ निराश पार्ने काम नहोस् । अन्य जिल्लाबाट काठ्माडौंका जनता शिक्षित छन् ।

उनीहरु पैसावाल नै छन् । न बालेनले पैसाले भोट किनेका हुन् न काठ्माडौंबासीले बिकेका हुन् । किन कि उनीहरु चेतनशील छन् । आफ्नो क्षेत्रको हित हेरेर र धेरै सोचविचार गरेर मात्र उनलाई भोट दिएको हो । मधेशी मूलको एउटा नागरिकलाई जनताले विश्वास गर्नु भनेको निकै ठूलो विषय हो ।यसलाई नगरपिता बालेनले ख्यालख्याल गर्नुहुन्न । काठ्माडौंवासीको हित सोचेर अघि बढे भने अर्कोचोटि पनि जनताले उनलाई नै आफ्नो अभिभावक चुन्नेछन् । कर उठाउनेदेखि लिएर सरकारी सम्पत्ति संरक्षणमा उनी जुट्नुपर्छ । उनले कतिको काम गर्न सक्छन् भने पर्खाइमा सबै जना छन् । उनलाई काम गर्न पनि निकै नै चुनौती छ । तर, चुनौतीलाई पन्छाउदै उनी अघि बढ्नुपर्छ ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीद्धारा उनको खुट्टा तान्ने काम सुरु भइसकेको बुझिएको छ । फोहोर मेरो पहलमा उठेको हो भन्दै उनी भाषण ठोक्दै हिडेकी छिन् । मन्त्री भएको आठ महिनासम्म एउटा सिन्को नभाँच्ने । अनि पार्टीले मन्त्रीबाट फिर्ता बोलाइपछि नौटंकी देखाउने ।

आफ्नो कुर्सी कति प्यारो छ भनेर नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले प्रष्ट पारिसकेका छन् । टिकटक बनाउन व्यस्त मन्त्रीसंग अरु के अपेक्षा राख्ने ? नगरपिता बालेनले शहरी विकासमन्त्री झाँक्रीको वाइयात कुरालाई साइडमा राख्दै काठ्माडौंलाई व्यवस्थित र सुन्दर शहर बनाउनुपर्छ ।

यतिखेर वडाध्यक्षहरु नगरपिता बालेनसंग आगो भएका छन् । भन्छन्, हाम्रो वडामा आउनुअघि हामीलाई पहिल्यै जानकारी गराउनु । वडाध्यक्ष ठूलो कि मेयर ? वडाध्यक्षहरु आफुलाई मेयरभन्दा ठूलो ठान्छन् कि क्या हो ? उनलाई निर्देशन दिने अधिकार वडाध्यक्षलाई कसले दियो ? मेयरलाई जहाँ जान पनि अधिकार छ ।

उनलाई जहाँ मनलाग्छ त्यही जान पाउछन् । एउटा वडाको जनताले भोट दिएर उनी मेयर भएका हुन् र ? समग्र वडाको जनताले भोट दिएर उनी मेयर भएका हुन् नि । अझै दादागिरी देखाउछन्, वडाध्यक्षहरु ।

निवर्तमान मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा डंगोलको सिको नगरुन्, मेयर बालेनले । विद्यासुन्दर शाक्यले एउटा फोनसमेत जनताले तिरेको करबाट लिए । सहकारीको साधारणसभामा गएर फूलमाला लगाउने काम पनि उनीहरुले गरे । जसको परिणाम उनीहरुले भोग्नुपप्यो ।मेयर बालेनबाट यस्तो काम नहोस् । मेयर बालेनले कस्तो काम गर्छन् भनेर सबैले हेरिरहेका छन् । सबैको चासोको विषय उनको काम गर्ने क्षमतापट्टि छ । हेरौ, उनले काठ्माडौंको रुप फेर्न सक्छन् कि सक्दैनन् ।

 

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

स्वधाम गमन !

स्वधाम गमन !
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …