तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया र नेपाली राजदूतावासको सहकार्यमा मलेसिया स्थित क्वालालम्पुरको कोतराया भन्ने ठाउमा अलपत्र परेको तीन जना नेपाली श्रमिक हरुको उदार गरि स्वदेश फर्काइएको छ ।

मोरङ शनिश्चरे ४ का वीर बहादुर तामाङ, पाल्पा चिरतुङ्गधारा ७ का जिवन्त कुमाल, र खोटाङ पाथेका ४ का रत्ना बहादुर गिरीलाई सोमबार बेलुका मलेसियाको समय अनुसार ६:३५ मा हिमाल एयरलाइन्सबाट नेपाल पठाएको गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाको अध्यक्ष विनोद थापाले जानकारी दिनुभएको हो ।

उनले बताए अनुसार विगत ३/४ बर्ष देखि आफ्नो कम्पनी छाडेर अवैधानिक रुपमा काम गर्दै आएको र केही समय देखि मलेसियाको क्वालालम्पुर स्थित कोतरायामा बेवारिसे जस्तै भएर माग्दै खाँदै र त्यहीँ सडकमै बस्दै सुत्दै आएको र उनिहरुको शरीरमा चोटपटक लागेको एउटाको घोडामा चोट लागेको एउटाको टाउकोमा चोट लागेर काम नगरी बसेको र एकजनाको खुट्टा पाकेको बेवारिसे जस्तै भएर बसेको अवस्थामा भेटिए पछि उनिहरुलाई त्यहाँबाट उदार गरि नेपाल एम्बेस्सी लगि नेपाल फर्कन चाहिने कागजपत्र अर्थात यात्राको लागि ट्राभल डकुमेन्ट (Covid-19) टेस्ट pcr र हवाई टिकट गरि नेपाल फर्काईएको अध्यक्ष थाले बताउनुभयो ।

उनि उनिहरुलाई नेपाल फर्कनकालागि हवाई टिकट ट्राभल डकुमेन्ट र यहाँको अध्यागमन बिभाग (इमिग्रेशन) मा तिर्नुपर्ने जरिवाना रकम दूतावासले नि:शुल्क उपलब्ध गराएका हुन्न। भने (Covid-19) टेस्ट Pcr र खाना बस्न एयरपोर्ट सम्म लान नयाँ कपडा किन्दिन देखि लिएर काठमाडौं देखि आफ्नो घर सम्म जान खर्च गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले व्यहोरेको अध्यक्ष थापाले बताउनुभयो ।

उनिहरुलाई मलेसियाबाट नेपाल फर्काउनको लागि नेपाली राजदूतावास, एनआरएनए मलेसिया संगै सामाजिक अगुवा राजु श्रेेेेेेष्ठ, तीलोचन गौतम लगायतले समेत सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …