तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दाङ । दाङमा क्षयरोगका बिरामीको लागि औषधि अभाव भएको छ । १४ वर्ष मुनिका बच्चाका लागि ‘एचजेडआर’ नामक औषधि अभाव रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका क्षयरोग फोकल पर्सन रेणु आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशबाटै औषधि आपूर्ति नहुँदा यस्तो समस्या देखिएको हो । “ठूलो उमेरका मानिसका लागि औषधिको खासै समस्या देखिएको छैन, तर बच्चाहरूका लागि ‘एचजेडआर’ निकै समस्या रहेको छ”, उहाँले भन्नुभयो । 

जिल्लाका हरेक अस्पतालमा यो औषधि अभाव भएपछि औषधि माग्न प्रादेशिक अस्पतालमै पुग्ने गरेको समेत उहाँले बताउनुभयो । हाल प्रादेशिक अस्पतालमा १४ वर्ष मुनिका सात बच्चाले सो औषधि सेवन गरिरहेका छन् ।

साथै १४ वर्षदेखि माथिका  डेढ सय बिरामीले क्षयरोगको औषधि सेवन गरिरहेको प्रादेशिक अस्पतालले जनाएको छ । जिल्लामा १५ दिनदेखि औषधि अभावको समस्या रहेको छ । औषधि आपूर्तिका लागि प्रदेश र केन्द्रमा पनि पहल भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा ओम अर्यालले जानकारी दिनुभयो । औषधि सेवन गरिरहेका बिरामीलाई औषधि छुटाउनै नहुने भएकाले  तत्काल  आपूर्ति गर्ने बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …