खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलवजार हाटडाँडास्थित बस्दै आएकोे भवनमा मृत फेला परेका नेपाली कांग्रेसका नेता मणिराम दाहालको आज मृत्यु भएको ९ दिन पुगेको छ ।
शोक परेको नवौ दिनमा मृतक दाहालको परिवारजनलाई शोक समबेदना ब्यक्त गर्न नेपाली कांग्रेस खोटाङका नेताहरु आज उहाँको निवास दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्ले पुगेका छन ।
लामो समय नेपाली कांग्रेसमा रहेर आजीवन कांग्रेस संगठन बनाउन कुनै पदको मोह नगरी निरन्तर लागिपरेको भनि दाहालको मृत्यु प्रति गहिरो श्रद्धान्जली ब्यक्त गरिएको छ ।
शुक्रबार नेपाली कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राई, उपसभापति तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, सचिव ज्ञानेन्द्र जोशी, लगायतको टोली मृतकका घर पुगेर श्रद्धाञ्जली पत्र दिदै परिवार जनमा संवेदना व्यक्त गरेका छन् ।
उक्त संवेदना कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ख का क्षेत्रीय सभापति एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङका वडा अध्यक्ष दिनेश घिमिरे, नगर सभापति प्रकाशकुमार श्रेष्ठ, खाल्ले वडा सभापति प्रेम श्रेष्ठ लगायत जिल्ला सदस्य तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।
दाहालको मृत्यु अस्वभाविक र शंकास्पद भएकोले सत्यतथ्य अनुसन्धानका लागि पार्टी पंक्तिले निरन्तर खबरदारी गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ ।
सभापति राईले दाहालसंग आफ्नो सहकार्य ३६ साल देखि रहेको स्मरण गर्दै उहाँ आफ्नो सत्कर्मका कारण सधै अमर रहने बताउनुभयो । मृतक दाहालका एक छोरा र एक छोरी रहेका छन ।
दाहाल मृत्यु प्रकरण अझैपनि छानबिनको क्रममा छ । दाहालका परिवारले यो मृत्यु स्वभाबिक नभएको हुदा हत्याको आशंका गरी जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका छन । तर मृत्यु भएको नौ दिन बितिसक्दा पनि सत्यतथ्य उजागर हुन सकेको छैन । उहाँका आफन्तहरुबाट शिघ्र न्याय पाउनु पर्ने माग रहिआएको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …