काठमाडौं । नेपाल तरुणदल अध्यक्ष विद्वान गुरुङले गणतन्त्र स्थापना नेपाली जनताको लामो संघर्ष, त्याग, तपश्या र बलिदानबाट २४० वर्ष निरङ्कुश राजतन्त्रको अन्त्य गरी संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको आज १४ वर्ष पुरा गरी १५ वर्ष आरम्भ भएकोमा शुभकामना ब्यक्त गरेका छन ।
गुरुङले शुभकामना सन्देस जारि गर्दै लाखौँ लाख नेपाल आमाका सपुत सन्तानहरुले गणतन्त्र स्थापनाको लामो लडाईमा निकै दुःख कष्ट भोग्नुका साथै शाहदत समेत हुन पुगेको सत्य ईतिहास हाम्रो सामु ताजै रहेको उल्लेख गरेका छन ।
गणतन्त्र स्थापनाको लडाईको लामो काल खण्डमा शाहदत प्राप्त गर्नुहुने ज्ञात अज्ञात शहिदहरु प्रति आजको दिनमा नेपाल तरुण दल हार्दिक श्रदाञ्जली अर्पण गर्दै उहाँहरु प्रति सम्मान व्यक्त गर्दछ । आजैका दिन हामीले जनताको लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिको चाहना पुरा गर्ने अठोट गर्दै नेपाली काँग्रेसको नेतृत्वमा बनेको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा र बहुजाती, बहुभाषिक, बहुसांस्कृतिक तथा हिमाल, पहाड, तराई मधेशलाई एउटै मालामा गाँसेर नेपालीको सुखी भविष्य निर्माणमा एकतावद्ध भएर लाग्नु पर्ने प्रण गर्नुपरेको बताए।
नेपाली जनताले भर्खरै स्थानीय तह निर्वाचन २०७९ शान्तिपूर्ण रुपमा सम्पन्न गरेका छौ । यस महान कार्यमा आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउनु हुने सम्पूर्ण जनसमुदाय तथा तरुण युवा साथीहरुमा नेपाल तरुण दल केन्द्रीय समिति हार्दिक आभार व्यक्त गर्दछ जारि शुभकामना सन्देसमा उल्लेख छ।
लोकतन्त्रको मूल भूत मान्यताले मात्र शान्ति र समृद्धिको मार्ग खुल्ने हुनाले सम्पूर्ण तरुण साथीहरुलाई लोकतान्त्रिक विचार र आर्दशबाट विचलित नहुन दल हार्दिक आग्रह गर्दै गणतन्त्र दिवसको पावन दिनमा नेपाली जनताका स्वतन्त्रता र लोकतान्त्रिक अधिकारहरु खोस्न सल्बलाउन लागेका निरङ्कुशताका अवशेषहरु पूर्ण रुपमा समाप्त गर्ने शक्ति, आट र क्षमता प्राप्त होस र सम्पूर्ण नेपालीहरु लेकतन्त्रको उर्वर जगमा सुखी र समृद्ध हुन एक भएर लाग्ने प्रेरणा प्राप्त होस आजको दिनमा सम्पूर्ण नेपालीहरुमा यही शुभकामना ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …