तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयहरूका सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

टेक्ससमा १९ विद्यार्थीको हत्या भएको केही दिनपछि उनले यस्तो धारणा राखेका हुन्।यदि अमेरिकाले युक्रेनलाई अर्बौँ रकम दिन सक्छ भने हामीले हाम्रो घरमा बालबालिकाहरूलाई सुरक्षित राख्नको लागि जे पनि गर्न सक्नुपर्छ,” उनले हतियारको बिक्री तथा प्रयोगका नियम परिवर्तन नहुनुपर्ने पक्षमा रहेकाहरूको एक सम्मेलनमा बताएका छन ।

हामीले इराक र अफगानिस्तानमा करोडौँ खर्च गर्‍यौँ र त्यसबाट केही उपलब्धि भएन,” ट्रम्पले शुक्रवार दिएको मन्तव्यमा धेरैले चर्को तालीसहित समर्थन जनाएका थिए।हामीले संसारको बाँकी राष्ट्र निर्माण गर्नुअघि हाम्रो आफ्नै देशमा हाम्रा आफ्नै बच्चाहरूको लागि सुरक्षित विद्यालय निर्माण गर्नुपर्छ उनले  भने ।

यस महिनाको सुरुवातमा अमेरिकी कंग्रेसमा युक्रेनलाई सैन्य सहायतामा लगभग ४० अर्ब डलर पठाउने विषय पारित भएको थियो।अमेरिकी सांसदहरूले फेब्रुअरीमा रुसले आक्रमण गरेदेखि हालसम्म युक्रेनमा करिब ५४ अर्ब डलर बराबरको सहयोग पठाएका छन्।

ट्रम्पले बन्दुक नियन्त्रणमा कडाइ गर्नु पर्ने मागको विरोध गर्दै दुष्ट हरूविरुद्ध आफ्नो रक्षा गर्न सभ्य अमेरिकीहरूलाई बन्दुक बोक्ने अनुमति दिनुपर्ने बताए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …