तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबार समेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार विभागले बुधबार सो निर्णय गरेको हो ।

विभागमा सेवाग्राहीको चाप उल्लेखनीयरुपमा बढिरहेकाले सार्वजनिक बिदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन लागेको हो । त्यसका लागि विभागले यही जेठ १५ गतेदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभाग खोलिने आज जनाएको हो ।

राहदानीका लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीलाई उक्त समयमा विभागले राहदानीसम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …