तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले विभिन्न सुरक्षा निकायका प्रमुखहरुलाई सम्मानित गरेको छ । भरखरै सम्पन्न स्थानीय तहको निर्बाचन भयरहित र सुरक्षित तवरले सम्पन्न गर्न महत्वपुणर् योगदान गरेको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङले उहाँहरुलाई सम्मानित गरेको हो ।

सम्मानित हुनेमा नेपाली शेना मुडे ब्यारेकका प्रमुख सेनानी सुजन गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक उमेश लम्साल, सशस्त्र प्रहरी वल खोटाङका डिएसपी सरोज कार्की तथा जिल्ला अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत सञ्जयकुमार मण्डल हुनुहुन्छ ।

निर्बाचनको समयमा संभावित राजनैतिक, चुनाबी प्रतिशोधका कारण हुने झगडा र द्धन्दलाई सृजनात्मक ढंगबाट समाधान गरेर स्थानीय तह निर्वाचनलाई सफल बनाउन योगदान गरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताउनुभयो । निर्बाचनमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीको प्रोत्साहन गर्ने हेतुले सम्मान गरिएको बताउदै खटिएका कर्मचारीहरुलाई धन्यबाद दिनुभएको छ ।

निर्बाचन सफल बनाउन सुरक्षा निकायले सुरक्षालाई बिषेश महत्वका साथ हेरेको सम्मानित व्यक्तित्वहरुले बताउनुभएको छ । जिल्लामा गत स्थानीय तहको निर्वाचनमा भएका घटना, राजनैतिक दुश्मनी र प्रतिशोध, बस्तुस्थिति र स्थानीय परिबेशलाई ध्यानमा राख्दै तीन तहको सुरक्षा योजना बनाएर अगाडि बढेको बताइएको छ ।

निर्बाचनको समयमा पहिलो घेरामा नेपाल प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली शेना हुने गरी सुरक्षा योजना बनाएर काम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ उमेश लम्सालले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …