तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

इनरुवा । सुनसरीको दुहबी र इनरुवा नगरपालिकामा कांग्रेस विजयी भएको छ । दुहबी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बेद नारायण गच्छदार पुनः निर्वाचित हुनुभएको हो । गच्छदारले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार बिनय कुमार पोखरेललाई ४५५ मतको अन्तरले पराजित गर्नुहुदै प्रमुखमा निर्वाचित हुनुभएको हो ।

प्रमुख गच्छदारले ११ हजार ९१६ मत प्राप्त गरी बिजयी हुनुभयो भने निकटतम प्रतिद्धन्द्धी  एमालेका बिनय पोखरेलले ११ हजार ४६१ मत प्राप्त गरी पराजित हुनुभयो । उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मेनुका पोखरेल खतिवडा निर्वाचित हुनुभएको छ । 

इनरुवा नगरप्रमुखमा भण्डारी विजयी 

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा कांग्रसका उम्मेदवार केदार भण्डारी प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले ११ हजार ८२४ मत निर्वाचित हुनुभएको छ ।

भण्डारीका निकटतम प्रतिद्धन्द्धी नेकपा (एमाले)का सरोज पोखरेलले नौ हजार ५३ मत ल्याएर पराजित हुनुभएको छ । त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रसकै विनिता कुमारी मेहताले ११ हजार ४८० मत ल्याएर निर्वाचित हुनुभएको छ । मेहताका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार सहजादी प्रविण आलमले नौ हजार ३३७ मत ल्याएर इनरुवा नगर उपप्रमुखमा जराजित हुनुभएको छ ।

इनरुवाको १ नम्बर वडामा कांग्रसका प्रमोद पोखरेल, २ नम्बर वडामा एमालेका विश्वनाथ ठाकुर,  ३ नम्बर वडामा एमालेका रमेश श्रेष्ठ, ४ नम्बर वडामा लोकतान्त्रिक समाजवादी पार्टीका बौवालाल मेहता, ५ नम्बर वडामा कांग्रेसका अनिलकुमार पोखरेल, ६ नम्बर वडामा कांग्रेसका सुमन थापा, ७ नम्बर वडामा कांग्रेसकै हिम्मत सिंह खवास, ८ मा असोककुमार साह तेली, ९ मा एमालेका बसिरमुद्धिन मंसुरी र १० नम्बर वडामा कांग्रेसका खलिल अख्खतर विजयी हुनुभएको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …