काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ ।
केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ११ हजार ७६९ मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ । उहाँले २४ हजार ३२४ मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले १२ हजार ५७३ तथा नेपाली काँग्रेसकी सिर्जना सिंहले १२ हजार ९३ मत प्राप्त गर्नुभएको काठमाडौंका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिनुभयो ।
एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनीता डङ्गोलले १९ हजार ९५६ मतका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत प्राप्त गर्नुभएको छ
प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा बाँकी वडाको मतगणना कार्य भइरहेको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …