तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा बिमला राई निर्वाचित भएकी छन् ।

राईले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई पछीपार्दै  मेयर जितेकी हुन् ।

उनी निर्वाचित भएसँगै जिल्लामा पहिलो महिला मेयर बनेकी छन् । उनले एमालेका मेयर उम्मेदवार खडेन्द्र साम्पाङलाई ३५१ मतले पराजित गरेकी छन ।

बिमलाले कूल मत ६ हजार ३१७ पाउँदा निकटतम प्रतिद्धन्द्धी खडेन्द्र ५ हजार ९६६ मतमा खुम्चिएका थिए 

यस्तै, उपमेयरमा कांग्रेसका रमेश राउत निर्वाचित भएका छन् । राउतले ५ हजार ९३४ मत पाएका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका अमेम्बर राइले ५ हजार ६६१ मतमा चित्त बुझाउनु परेको छ । एमालेले भनेउपमेयर उठाएको थिएन ।

नगरपालिकामा एमाले र माओवादीले गठबन्धन गरेर बिमला हराउने प्रपञ्च रचेका थिए । तर, दुई पार्टीलाई हराउन बिमला एक्लै काफी भइन् ।

२०७४ को स्थानीय तह सदस्य निर्वाचनमा कांग्रेसबाट उपमेयर जितेकी ४१ वर्षीया राईले यो पटक मेयरमा बाजी मारेका हुन् ।

कांग्रेसको महाधिबेशन प्रतिनिधि तथा प्रदेश सदस्य रहेका उनले सीएमए सकेर ग्रामिण विकासमा मास्टर्स गरेकी छन् । एलएलबीको अन्तिम नतिजा पर्खिरहेका उनी राजनीतिक शास्त्रमा दोश्रो वर्षमा अध्ययरनत छिन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …