तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। १५ वडाको सम्पन्न मत परिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका तिर्थराज भट्टराई र उपमेयरमा नेकपा माओवादी केन्द्रका बिसन राई निर्वाचित भएका हुन्।

भट्टराईले निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार कुमार आचार्यलाई ४ हजार ३९३ मतले हराउँदै मेयरमा निर्वाचित भएका हुन्। भट्टराईले ११ हजार ३८९ मत पाउँदा आचार्यले ६ हजार ९९६ मत प्राप्त गरेका थिए।

उपमेयरमा १० हजार ४३८ मत पाएर बिसन निर्वाचित हुंदा एमालेका उपमेयर उम्मेदवार बिणादेबी राई ७ हजार ३१९ मतमै खुम्चिएका छन्। राप्रपाबाट मेयरका प्रत्यासी जीवनकुमार श्रेष्ठले ४०५ मत र उपमेयरका प्रत्यासी चन्द्रकुमारी राई ताराले ५६६ मत पाएका छन्।

यस्तै, वडातर्फ दिक्तेलमा कांग्रेसका नवराज राई, दिक्तेल २ मा माओवादी केन्द्रका ध्रुर्बबिक्रम राई, बाम्राङमा एमालेका महेन्द्र बहादुर राई, खाल्लेमा माओवादीका खगेन्द्र राई, लफ्याङमा कांग्रेसका दिनेशकुमार घिमिरे, नेर्पामा माओवादीका माधब राई, चिउरीडाँडा–७ मा कांग्रेसका हरि चौलागाँई र चिउरीडाँडा बुवालुङमा एमालेका लिलाकुमार चौहान निर्वाचित भएका छन्।

निर्मलीडाँडामा माओवादी केन्द्रका दिनेश कठेत, पाथेकामा जसपाका मुगाधन राई, खार्मीमा माओवादीका ईखबहादुर राई, जालपामा माओवादी केन्द्रका दान बहादुर राई, नुनथलामा माओवादी केन्द्रका भगेश्वर राई, बुईपामा एमालेका दिनेश राई र विजयखर्कमा कांग्रेसका रामबहादुर कटवाल निर्वाचित भएका छन्।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …