तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा नेकपा एमालेले पछील्ला निर्वाचनमा ह्याट्रिक गर्न सफल भएको खोटेहाङलाई लालकिल्लाको रूपमा परिभाषित गरेको ठाउँ नेकाप सचेतक समेत रहेका बिशाल भट्टराईको किल्लामा गठबन्धनबाट माओवादी केन्द्रका उदिम बहादुर राई र उपाध्यक्षमा नेपाली कांग्रेसका रूपेश राई बिजयी भएका छन् ।

यस निर्वाचनमा पनि एमालेले सहजै जित्ने अपेक्षा गरिएको खोटेहाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उदिमले ३ हजार ७२८ मत र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रुपेशले ३ हजार ७३७ प्राप्त गरि बिजयी भएका छ्न् । नेकपा एमालेका अध्यक्षको उम्मेदवार कविता राईले ३ हजार ६९० मत मात्र प्राप्त गरिकि छिन् भने नेकपा एमालेका उपाध्यक्षका उम्मेदवार राजन कुमार बञ्जाराले ३ हजार ३१० मत प्राप्त गरेको छ ।

पालिकाका ९ वटा वडा मध्ये २ नेकपा एमाले जितेका छन् भने नेपाली कांग्रेसले १ र स्वतन्त्र उम्मेदवारले १ वडा जितेका छन् भने बाकी वडा हरुमा सबै नेकपा माओवादी केन्द्रले हात पारेका छन् ।

क्रमश पालिकाका वडा न. १ लिकुवापोखरीको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका धन बहादुर महराजी बिजयी भएका छन्। भने वडा न. २ मा नेकपा माओवादी केन्द्र बाटै पारस राई बिजयी भएका हुन् । त्यसैगरी वडा न. ३ सावाकटहरेमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जेफर राई बिजयी भएका छन् भने वडा न. ४ बड्कादियालेमा नेकपा एमालेबाट तिलक बस्नेत बिजयी भएका छन् ।

यसैगरी वडा न. ५ चिप्रिङमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका किरण राई बिजयी भएको छ । राई २०७४ सालको स्थानीय तहमा वडा अध्यक्षमा निर्वाचित भएका थिए भने पुर्ण दोरीएका छन् ।

त्यस्तै वडा न. ६ इन्द्रेणीपोखरीमा पनि नेकपा माओवादी केन्द्रका वसन्त राईले जित हासिल गरेका छन् । भने वडा नम्बर ७ खोटाङबजारमा नेकपा एमालेबाट शिब फुयाल बिजयी भएको छ । फुयल पुर्ण वडा अध्यक्षमा दोहोरीएका हुन् । उनी २०७४ सालको स्थानीय तहबाट नेकपा एमाले बाट नै निर्वाचित वडा अध्यक्ष हुन् ।

त्यस्तै वडा न. ६ सिम्पानीमा स्वतन्त्र उम्मेदवारका चन्द्र थापा वडा अध्यक्षमा बिजयी भएका छन्। थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन्। उनलाई यो पाला पार्टीले टिकट नदिए पछि स्वतन्त्र उम्मेदवारमा उठेका थिए। त्यसैगरी वडा न. ९ लिच्की राम्चेमा माओवादी केन्द्रबाट ईन्द्र राई बिजयी भएका छन् । लिच्कीराम्चेमा २० बर्ष देखि यता नेकपा एमालेले जितदै आएका थिए भने यो निर्वाचनमा नेकपा माओवादी केन्द्रले बिजय प्राप्त गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …