तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मकवानपुर । हेटौंडा उपमहानगरपालिका तीन दशकदेखि नेकपा एमालेले लगातार जित्दै आएको स्थान हो । यसअघि भएको तीनपटकको निर्वाचनमा ह्याट्रिक गर्न सफल एमालेले हेटौंडालाई लालकिल्लाको रूपमा परिभाषित गर्दै आएको छ ।

अघिल्लो स्थानीय निर्वाचनमा हेटौंडाको मेयर,उपमेयरसहित १९ वडामध्ये १२ वडामा एमाले विजयी भएको थियो । यस निर्वाचनमा पनि एमालेले सहजै जित्ने अपेक्षा गरिएको थियो । तर, प्रारम्भिक नतिजाअनुसार त्यसो देखिएन ।

हाल हेटौंडाको ३ वटा वडाको मतगणना सकिएको छ । जसमा राप्रपाले अग्रता कायम गरेको छ । एमालेले आफ्नो गढ भन्दै आएको ६ वटा वडाको मतगणना जारी रहँदासम्म एमाले तेस्रो स्थानमा पुगेको छ । मतगणनाको सुरुवाती दुई दिनमा दोस्रो स्थानमा रहेको एमाले पछिल्लो २४ घण्टादेखि तेस्रो स्थानभन्दा माथि उठ्न सकेको छैन ।

आइतबार दिउँसोको मतगणनामा सत्तारुढ गठबन्धनबाट उम्मेदवार मीना लामासँग केही समय प्रतिस्पर्धामा उत्रिएको एमाले अहिले निरन्तर रूपमा भारी मतान्तरले तेस्रोमा झरेको छ । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले एमाले उम्मेदवार अनन्त पौडेललाई पछाडि छाडेका छन् ।

गठबन्धन आफ्नो प्रतिस्पर्धी नै बन्न नसक्ने’भन्दै आएका पौडेल नै पछिल्लो मतगणनामा प्रतिस्पर्धामा आउन सकेका छैनन् । २०७४ को स्थानीय निर्वाचन यता नेकपा एमाले पार्टी विभाजन भएको भए पनि हेटौंडामा त्यसको असर नपरेको दाबी गरिँदै आएको थियो । त्यसमा पनि एमालेले कमल थापा नेतृत्वको (राप्रपा नेपाल)सँग तालमेल गरेर पार्टी विभाजनको क्षति रोक्ने प्रयास गरेको थियो ।

आफ्नो गृहनगरमा कमल थापाले छोडेको राप्रपाबाट उम्मेदवार बनेका सिंह हेटौंडाको मेयरमा सोचेभन्दा बढी मत प्राप्त गर्दै विजयतर्फ उन्मुख हुने संकेत गर्दै गर्दा हेटौंडाको नतिजाको विषयलाई लिएर सर्वत्र कौतुहलता हुन थालेको छ ।

एमालेलाई उछिनेर प्रतिस्पर्धामा उत्रिनु गठबन्धनका लागि पनि सहज थिएन । एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीकी लामालाई उम्मेदवार बनाएको गठबन्धनले हेटौंडामा एमालेसँगको मतान्तरलाई कायम राख्दै आएको छ । एमालेको लालकिल्लामा उसैलाई पछि पार्दै राप्रपा र गठबन्नको प्रतिस्पर्धाले हेटौंडाको चुनावी मतगणना रोचक बन्दै गएको छ ।

राप्रपाले पाएको मतपरिणाम हेर्दा नेकपा एमाले र गठबन्धनबाटै क्रस भएर राप्रपालाई मत आएको देखिन्छ । चुनाव प्रचारका क्रममा दुई पटकसम्म राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई हेटौंडा ल्याएर राप्रपाले आफ्नो पक्षमा माहोल बनाउने संकेत देखाएको थियो । राप्रपाले सम्पूर्ण उम्मेदवारहरुलाई मन्दिरमा लगेर ‘घुस नखाने’ कसम खुवाएको थियो ।

राप्रपाले युवाहरुको मतलाई आफूप्रति आकर्षण गर्न सामाजिक सञ्जालको चुनावी प्रचारमा व्यापक प्रयोग गरेको थियो । राप्रपाले हेटौंडामा उपमहानगरमा रहेको विकृतिविरुद्ध लगातार धावा बोल्दै एमालेविरुद्ध नकारात्मक जनमत सिर्जना गर्ने प्रयास सुरुवातबाटै गरेको थियो । एमालेका उम्मेदवार पौडेल सांसद भइसकेर पनि मेयरको उम्मेदवार बन्न आएको भन्दै उनीविरुद्ध सिंहले लगातार धावा बोल्दै चुनावी प्रचार गर्दै आएका थिए ।

अहिलेसम्मको मतगणनामा गठबन्धन र राप्रपा बलियो देखिएको भए पनि अझै एमालेको बलियो पकड रहेको वडाहरु गन्न भने बाँकी नै रहेको दाबी एमालेजनहरुको छ । एमालेले हेटौंडा–४ मा जस्तै अपेक्षाकृत मत पाउन नसके यो निर्वाचनमा गठबन्धन वा राप्रपाले नयाँ इतिहास रच्ने सम्भावना देखिन्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …