तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । सोमबार दिउँसो १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ ।

नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र)तेस्रो स्थानमा छन् । कांग्रेसले हालसम्म सात प्रमुख र ४२ अध्यक्षसहित ४९ पालिकाको नेतृत्व आफ्नो हातमा पारेको छ । कांग्रेस चार उपप्रमुख र ५० उपाध्यक्षमा विजयी भएको छ ।

यस्तै, तीन प्रमुख र ३८ अध्यक्षसहित ४१ पालिकामा एमाले र एक प्रमुख र २२ अध्यक्षसहित २३ पालिकामा माओवादी केन्द्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

एमाले पाँच उपप्रमुख र ३१ उपाध्यक्ष तथा माओवादी दुई उपप्रमुख र १५ उपाध्यक्षमा विजयी भएको छ ।

नेकपा (एकीकृत समाजवादी) ले दुई अध्यक्ष र छ उपाध्यक्ष तथा अन्य दलले पनि दुई पालिका अध्यक्ष र चार उपाध्यक्ष जितेका छन् ।

यस्तै, नेपाल मजदुर किसान पार्टीले एक प्रमुख र एक उपप्रमुख जितेको छ ।

यो समाचार तयार पार्दासम्म कांग्रेस एक हजार ७१ वडामा विजयी भएको छ । कांग्रेसका तर्फबाट एक हजार ६६ महिला सदस्य, एक हजार ३२ दलित महिला सदस्य र दुई हजार १२० वडा सदस्य विजयी भएका छन् । यस्तै एमाले ८२१ वडामा विजयी भएको छ । एमालेले ८८३ महिला सदस्य, ८६४ दलित महिला सदस्य र एक हजार ७७९ वडा सदस्य जितेको छ ।

यसैगरी, माओवादी केन्द्रले ४५८ वडामा जित हासिल गरेको छ । माओवादीका तर्फबाट ४३० महिला सदस्य, ४५८ दलित महिला सदस्य र ८०४ वडा सदस्य निर्वाचित भएका छन् । एकीकृत समाजवादीले ६७ वडामा जित हासिल गरेको छ । अन्य दल र स्वतन्त्रका तर्फबाट १७८ जना वडाध्यक्षमा निर्वाचित भएका छन् ।  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …