काठमाडौं। नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपियाँले बढाएको हो ।
जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मूल्य क्रमशः १७० र १५३/१५३ कायम गरिएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ ।
निगमले शनिबार जारी गरेको विज्ञप्तिमा नयाँ खरिद लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु २३ रुपियाँ २ पैसा, डिजेलमा ४०रुपियाँ १३ पैसा घाटा रहेको तर मट्टितेलमा २ रुपियाँ ८१ पैसा नाफा रहेको जनाइएको छ ।
हवाई इन्धनमा आन्तरिकतर्फ १२ रुपियाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपियाँ ६९ पैसा नाफा रहेको तर ग्यासमा प्रतिसिलिन्डर एक हजार ५० रुपियाँ ८ पैसा घाटा रहेको जनाइएको छ । निगमलाई १५ दिनमा करिब पाँच अर्ब १९ करोड अझै घाटा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …