तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

उमेश थापा

काठमाडौं ।पछिल्लो समय च्याउ उम्रेझै निजी शिक्षण संस्थाहरु खुल्ने क्रम जारी छ । दुईतिन घरको अन्तरमा शिक्षण संस्थाहरु भेटिन्छन् । तर, निजी शिक्षण संस्थाहरुले राम्रो शिक्षा दिने नाममा मँहगो शुल्क लिएर ठगिरहेका छन् । विद्यार्थीका अभिभावकसंग मनलाग्दी भर्ना फिसदेखि लिएर मासिक शुल्क बुझिरहेको पाइन्छ ।

एउटा विद्यार्थीले भर्ना हुनैका लागि पाँच–दश हजार लिइरहेको छ । मासिक फिस पनि १०– ७० हजार सम्म असुल्छन् । त्यसैगरी विभिन्न शीर्षकमा पनि शुल्क उठाउछन् । स्कुल र कलेजका विद्यार्थीहरुको लुगाबाट पनि कमिशन खान्छन् । स्कुलमै लुगा सिलाउन बाध्य पारिन्छ ।

पाठ्यपुस्तकबाट पनि कमिशन, झोलाबाट पनि कमिशन । विद्यालयको लोगो हालेर झोला सिलाउछन् अनि विद्यार्थीलाई मँहगो शुल्कमा बेच्छन् । त्यही झोलाको माध्यमबाट प्रचारप्रसार गर्दछन् । अझ होस्टेलमा बस्नेहरुको त हाल बेहाल छ भन्दापनि केही फरक पदैन् । न राम्रो खान न ढंगको सुत्ने ओछ्यानको नै व्यवस्था मिलाइएको हुन्छ ।

बुबाआमाको व्यस्तताको फाइदा होस्टेलहरुले उठाइरहेको छ । स्याहारसुसार रद्धदीभर पनि गर्दैनन् तर चर्को शुल्क तिर्नुपर्छ । पढाउने शिक्षक–शिक्षिका र सरसफाई गर्ने कर्मचारी पनि यस्ता विद्यालयबाट कायल भइसकेका छन् । विद्यार्थीको आमाबुवासंग मनलाग्दी शुल्छन्, तर उनीहरुलाई न्युन तलब दिन्छन् ।

निजी शिक्षण संस्थाहरुले खैलाबैला मच्चाउदा पनि शिक्षा मन्त्रालय र शिक्षा विभाग किन मौन छ ? अन्य निकायहरुले किन अनुगमन गर्दैनन् ? स्कुल र कलेजले लिने शुल्क सरकारले निर्धारण गरेको होइन् । आफुले तिरेको शुल्कअनुसार आफ्नो छोराछोरीले सेवासुविधा पाएका छन् कि छैनन् ? अभिभावकलाई थाहा छैन् ।

निजी शिक्षण संस्थामा देशका राजनीतिक दलहरुको लगानी रहेको पाइन्छ । त्यसैले यी संस्थाको विरोधमा कसैले पनि आवाज उठाउन सकेको छैन् । २०७२ को संविधानले नेपालीलाई शिक्षा र स्वास्थ्यको निःशुल्क व्यवस्था गरेको छ । अहिले निजी विद्यालयबाट माध्यमिक तह सकाउनेबित्तिकै विदेश जाने क्रम बढ्दो छ ।

नेपालमा केही नदेख्नेहरु अमेरिका र अस्ट्रेलिया धाउन रुचाउछन् । भिसा र अन्य कागजपत्र मिलाउन कन्सल्टेन्सी छदै छ । तर, योबाट राज्यलाई कति घाटा भइरहेको छ शिक्षा मन्त्रालयले सोचेको छ ? एउटा विघार्थी बाहिर जाँदा २०–२४ लाख खर्च गर्नुपर्ने हुन्छ । विकसित देशले विद्यार्थी त लग्यो नेपालको यत्रो पैसा पनि लिएर गयो । राम्रो शिक्षा हासिल गर्ने नाममा वर्षेनि विदेश जाने विद्यार्थीहरुको ओइरो लागिरहेको छ । निजी विद्यालयमा पढेका विद्यार्थीहरु कुनै हालमा नेपाल बस्न चाहदैनन् । निजी स्कुल र कलेज विद्यार्थी राम्रा विद्यार्थी उत्पादन गर्ने र बाहिर पठाउने कारखाना साबित भएका छन् ।

नेपालीहरु नेपालका लागि होइन् अरुको देशका लागि योगदान गर्न रुचाउछन् । अझ उहाँका नागरिकता पाउनका लागि उनीहरुले केसम्म गर्दैनन् ? आफ्नो देशको माया मारिदिन्छन् । त्यसैले, निजी विद्यालयहरुले धेरै विकृति ल्याएको कुरा लुकाएर लुक्दैन् ।

विघार्थी बोक्ने बसहरु रातो प्लेटमा दर्ता हुन्छ । त्यो बस बिहान र बेलुका मात्र सञ्चालन हुन्छन्, त्यही पनि विद्यार्थी घरघर पुप्याउन । तर, बस चढेबापत उनीहरुको अभिभावकले चर्को शुल्क तिरिरहेका छन् । योपनि स्कुल र कलेज आफैले तोकेको भाडा हो । विद्यार्थी बोकेर लिने भाडा कुनैपनि निकायले निर्धारण गरेको छैन् ।

यसको जिम्मा भने शिक्ष्ष विभाग र यातायात व्यवस्था विभागको हो । सार्वजनिक यातायात जसरी नै यी सवारीको भाडा तोक्न जरुरी देखिन्छ । ०५९ सालको यातायात ऐनमां निजी प्लेटमा दर्ता भएको सवारीले यात्रु बोकेर पैसा लिन पाउदैन् । तर, स्कुल बसहरुले लिइरहेका छन् । यिनीहरु पनि रातो प्लेटमा दर्ता भएका छन् ।

त्यसैगरी, निजी प्लेटका सवारीहरु घरेलु र कम्पनीमा गएर पञ्जीकरण भएको छैन् । रोड परमिट र जाँचपास तिर्नुपर्दैन् । जसले गर्दा राज्य राजस्वविहिन बनेको छ । स्कुलकलेजका बसहरुले आफुले गरेको सवारीमा लगानी र दैनिक कमाइको पनि राजश्व तिरेको पाइदैन् । अझ कतिपय यस्ता बसहरु भन्सार र भ्याट छुटमा भित्रिएको छ ।

उनीहरुले सिट क्षमताभन्दा बढी विद्यार्थी हाल्दा, उभाएर यात्रा गराउदा पनि ट्राफिक महाशाखाले अनुगमन गर्दैन् । विद्यार्थी बोक्ने सवारीहरु चार दशकसम्म पुराना छन् । यस्ता थोत्रा गाडीमा यात्रा गराउदा दुर्घटना हुने जोखिम बढेको छ । गाडीको अवस्था ठिक नभएको कारणले कतिखेर दुर्घटना हुने हो यसको अन्दाजा लगाउन पनि मुश्किल पर्छ ।

थोत्रा सवारीका कारण प्रदुषण ह्वात्तै बढेको छ । अभिभावकले मँहगो शुल्क तिरेर के गर्नु छोराछोरी थोत्रा सवारीमा यात्रा गर्न बाध्य छन् । आमाबुवालाई आफ्ना छोराछोरी चढ्ने सवारी कति वर्ष पुरानो हो, थाहा छैन् । कालो प्लेटमा दर्ता भएका सवारी साधन २० वर्ष पुगेपछि हटाउने निर्णय गरिएको छ । तर, निजीको हकमा यो निर्णय लागू भएको छैन् । निजी प्लेटका सवारी साधन यत्तिकै दर्ता भइरहेको छ । तथापि, दर्ता रोक्न सरकार असफल देखिन्छ ।

सरकारी शिक्षण संस्थाका गुरुहरुले राजनीतिक पार्टीको झोला बोक्दा विद्यार्थीहरुको पढाइ स्तर खस्किदै गएको छ । विद्यार्थीहरुको भविष्यलाई वेबास्ता गर्दा सरकारी विद्यालय आज खालीखाली हुने अवस्थामा आइसकेको छ । गरिबको छोराछोरीको भविष्यसंग गुरुहरुले खेलबाड गरेका छन् ।

उनीहरुलाई तलब र पेन्शन भए पुग्छ । आएको छात्रवृत्ति पनि स्कुलका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई दिइदैन् जसको कारण पढाइ छोड्नबाहेक उनीहरुसंग विकल्प छैन् । सरकारी स्कुल र कलेजमा विघार्थीलाई खाजा र र्ममतलाई आएको बजेट पनि भ्रष्टाचार गर्छन् ।

सरकारी स्कुलमा अभावैअभाव छ । खानेपानी छैन्, शौचालय नहुँदा दिनभरि दिशापिसाब च्यापेर बस्न बाध्य छन्, विद्यार्थीहरु । पढाउदैन् तर होमवर्क नगरेको खण्डमा करङ फुस्कने गरि चुट्छन् । हाजिर गर्छन् घरतिर दौडिन्छन् शिक्षक–शिक्षिका । अनि विद्यार्थीले के पढ्ने ? यस्तो शिक्षकबाट के सिक्ने ?

सरकारी नपढाउने निजी लुट्ने । सरकारका गुरुहरुलाई तलबभत्ता खुवाउनु वालुवामा पानी मिसाएसरह हो । जनताले तिरेको कर त सखापै भएको छ भने विद्यार्थीको भविष्य अन्धकार बनेको छ । यस्तो नालायक शिक्षकका कारण गरिबका छोराछोरीले पढ्न पाएनन् । पढ्न छोडेर हल्लेर हिड्न बाध्य बनाउने कामचोर शिक्षकहरु नै हुन् ।

सरकारी शिक्षण संस्थामा पढाइ होइन् राजनीतिक हुन्छ । हिक्षकहरु विद्यार्थीलाई पार्टीको झोला बोक्न लगाउछन् । आखिरी आफ्नो पार्टी बलियो बनाउनुपप्यो । आफ्नो छोराछोरी राम्रो स्कुलमा पढाउने । भोलिका डाक्टर, पाइलट र इन्जिनियर बनाउने र हामीजस्ताको भविष्यसंग खेलबाड गर्ने । यिनीहरुको कारण गरिबका छोराछोरीको जिन्दगी बर्बाद भएको छ । यसको क्षतिपुर्ति कसले दिने ?

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …