तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रसुवा । स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात कारोबार बन्द गरिएको छ ।

नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गर्ने सहमतिअनुरूप सामान आयात रोकिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो

मङ्गलवार भने १३  ठूलो टेलरमार्फत रेडिमेट तथा हाइड्रोका सामग्री आयात भएको सीमा सुरक्षा पोष्टले जनाएको छ । मतदानको समयभन्दा ७२ घण्टा अगाडि अन्तर्राष्ट्रिय सिमानाबाट आवतजावतमा रोक लगाउने नियमित प्रक्रिया अनुसार सामान आयात बन्द गरिएको बताइएको छ ।

कोभिड–१९ सङ्क्रमण शुरु भएपश्चात् मानिसको आवतजावत बन्द नाकामा चिनियाँ सवारी चालकले मात्र  एकतर्फी रूपमा रसुवागढी पु-याउँदै आएका छन् ।

यस्तै, अधिकांश कर्मचारी निर्वाचनमा परिचालित भइसकेकाले अत्यावश्यक सेवाबाहेक अन्य सबै भन्सार जाँचपासको प्रक्रिया केही दिनका लागि स्थगन भएको रसुवागढी भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …