तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने भएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन काठमाडौँमा हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुनसक्ने असुविधालाई ध्यानमा राखेर सटल बस सञ्चालन गर्न लागेको हो ।

बोर्डले पर्यटक प्रहरीको सहयोगमा टुरिष्ट बस एशोसिएशन अफ नेपाल र नेपाल टुरिष्ट भेहिकल एशोसिएशनको समन्वयनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवतजावतका लागि विभिन्न रुटमा सटल बस सञ्चालन गर्न लागेको हो ।

बोर्डले रुट नं १ मा  विमानस्थलदेखि नेपाल वायुसेवा निगम, होटल अन्नपूर्ण, होटल याक एण्ड यती, ठमेल चोक, लैनचौर चोक, शङ्कर होटल हुँदै विमानस्थलसम्म, रुट नं २ मा विमानस्थलदेखि होटल ¥याडिसन, होटल साङ्ग्रिला, नारायणगोपाल चोक, महाराजगञ्ज चोक, ह्यात होटल, चावहिल हुँदै विमानस्थलसम्म कायम गरेको छ ।

यस्तै रुट नं ३ मा विमानस्थलदेखि तीनकुने चोक, होटल एभरेष्ट, माइतीघर चोक, होटल हिमालयन, होटल सोल्टी, ग्राण्ड होटल हुँदै विमानस्थलसम्म रहेको छ । सटल बस सेवा गरेवापत पर्यटकले सम्बन्धित बसधनीलाई रु ३०० बुझाउनुपर्ने बोर्डले जनाएको छ ।  रासस  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …