• शनिवार, जेठ-७,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

साउदी । गैरआबशिय नेपाली संघ एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमद्वारा आयोजित ८ औं बार्षिक उत्सब साथै इदको शुभकामना आदानप्रदान तथा श्रमिक अन्तर्कृया कार्यक्रम शुक्रबार अल कासिम बुरैदाको एक इस्तरहामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रम्जानदिन मियाँको सभापतित्वमा र नेपाली महाबाणिज्य दूतावास जेद्दाका का.बा. महाबाणिज्यदुत  सत्रुधन पोखरेलको प्रमुख आतिथ्य तथा नेपाली दूतावास रियादका तृतीय सचिब नरेन्द्र बि.क.को बिशिस्ट आतिथ्यमा सचिब ध्रुब कटुवाल तथा सह सचिब सिद्दी श्रेष्ठद्वारा संचालित कार्यक्रममा एनसिसिका नि वर्तमान उपाध्यक्ष बिशाल श्रेष्ठ, निवर्तमान युवा संयोजक राज कुमार श्रेष्ठ, सदस्य बिष्णु रावल, बुरैदा इस्लामिक सेन्टरका गुरु अलि हुस्सेन मियाँ, कासिम फुटबल टिमका म्यानेजर सुमन दाहाल लगायतका बिशिस्ट ब्यक्तिहरु  अतिथिमा आसिन रहनु भएको थियो 

नेपाली राष्ट्रियगान सँगै सुरु भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष काजिमान कन्धङ्वाले स्वागत मन्तव्य दिदैं बड्दो श्रमिक समस्या समाधानमा जोड दिने बिषयलाई दूतावासका प्रतिनिधिहरु माझ राख्दै उपस्थित पाहुनाहरुलाइ स्वागत गर्नु भएको थियो ।

मंचमा आसिन अतिथि गणहरुद्वारा कार्यक्रम उद्घाटन पछि संस्थाका सचिब ध्रुब कटुवालले एकबर्षे २७ बुँदे लामो कार्यप्रगती प्रस्तुत गर्दै टिमलाइ एक बर्षे कार्यकाल सफल भएकोमा बधाई दिदै सम्पुर्णमा इदको शुभकामना प्रदान गर्नु भएको थियो । त्यसै गरि संस्थाका सह-कोषाध्यक्ष वीर बहादुर तमाङले कोष विवरण प्रस्तुत गर्दै इदको शुभकामना दिनु  भएको थियो ।

मन्तव्यका कार्यक्रममा अतिथि अलि हुसेन मियाँले इदको शुभकामना सहित इदको जानकारी सहितको महत्त्व जानकारी गराउनु भएको थियो भने अतिथि बिष्णु रावल, राज कुमार श्रेष्ठ, बिशाल श्रेष्ठले आरसिसि अल कासिम टिमले एक बर्षे कार्यकालमा धेरै श्रमिक समस्या समाधान गर्दै सफल भएकोमा बधाई दिदै सम्पुर्णमा इदको शुभकामना प्रदान गर्नु भएको थियो । अतिथि राज कुमार श्रेष्ठले भिसा डिमान्ड पेपर अप्रुभल दिनु अगाडी कम्पनीको बारेमा भौतिक रुपमा कम्पनीमा नै गएर बुझ्ने र सहि भए अप्रुभ दिन दूतावासलाई अनुरोध गर्नु भएको थ्यो भने अर्का अतिथि बिशाल श्रेष्ठले साउदी अरबमा दिनानुदिन श्रमिक समस्या बड्दो अबस्थामा रहेको बिकराल अबस्था शृजना हुँदै गएकोले समस्या  समाधानमा  मात्रै फोकस नभएर समस्या आउन नदिने उपायहरु अपनाउन जरुरि रहेको बताउनु भयो।

कार्यक्रममा मन्तव्यकै क्रममा बिशिस्ट अतिथि नरेन्द्र बि.क ज्यु ले इदको शुभकामना दिंदै इलेक्ट्रोनिक राहदानी सम्बन्धमा जानकारी दिदैँ पासपोर्ट नविकरणका लागि घुम्ती सिविरको लागि प्रक्रियामा गएको र केही महिना मा प्रक्रिया पूरा भएपछि साउदिका विभिन्न ठाउँमा पासपोर्ट नविकरण सेवाका घुम्ती सिविर संचालन गरि श्रमिकहरुलाइ सेवा दिने जानकारी गराउनु भयो ।

कार्यक्रममा श्रमिक अन्तक्रिर्या सम्बन्धमा  उपस्थित श्रमिकहरुलाइ समस्या तथा जिज्ञासाहरु राख्न गरिएको अनुरोधमा केही श्रमिकहरु बाट समस्याहरु राखिएका थिए भने संस्थाका अध्यक्षले ले संकलन गरेका ९ बुँदे श्रमिक सम्बन्धित समस्याहरु जिज्ञासाहरु संस्थाका  सचिब ध्रुब कटुवालले दूतावास प्रतिनिधिमाझ राखिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि का.बा.महाबाणिज्यदुत सत्रुधन पोखरेल ज्यु ले कार्यक्रममा उपस्थित हुन पाउँदा खुशी व्यक्त गर्दै निमन्त्रणाका लागि आयोजक टिमलाइ धन्यवाद दिदै उपस्थित सम्पुर्णलाई इदको शुभकामना प्रदान गर्नु भएको थियो ।  साथै एनआरएनए आरसिसि अल कासिमको ८ औं  बार्षिक उत्सब मनाउदै गर्दा गत एक बर्ष सफलताका साथ पूरा गरेकोमा आरसिसि अल कासिम टिमलाई बधाइ प्रदान गर्नु भएको र आगामी दिनहरुमा पनि सफलताको कामना व्यक्त गर्नु भयो ।

कार्यक्रमका दौरान, आयोजक टिम,अतिथि  तथा श्रमिकहरुबाट उठेका श्रमिक समस्या तथा  जिज्ञासाहरुको सम्बोधन गर्दै सबै जिज्ञासा समस्या समाधान कसरी हुन्छ? कुन प्रक्रिया बाट गर्नु पर्छ सबै कुरा जानकारी गराउनु भएको थियो भने संस्थाका अध्यक्ष मियाँ द्वारा राखिएका श्रमिक सँग सम्बन्धित सबै ९ बुँदे समस्याहरुको जानकारी दिनु भएता पनि यस बारेमा बृहत अन्तर्कृया कार्यक्रम गरिनु पर्ने भएकोले यस्ता बुँदा राखेकोमा खुशी हुँदै सबै बुँदाहरुलाइ समेटेर दूतावासमा इमेल गर्न पनि अनुरोध गर्नु भयो ।

प्रमुख अतिथि पोखरेलले कार्यक्रम सब्य भब्य रुपमा सफल भएकोमा बधाई दिदैं श्रमिक समस्या समाधानमा कुनै पनि साथ  सहयोग गर्न नेपाली दूतावास सदैब तत्पर रहेको र समस्या पर्दा तत्काल दूतावासमा सम्पर्क गर्न हुन पनि अनुरोध गर्नु भयो ।श्रमिक सेवामा खट्नु हुने केही समितीका उत्कृष्ट ब्याक्तित्व हरुलाइ सम्मान गर्दै प्रसंसा पत्र पनि प्रदान गरिएको थियो ।

अन्त्यमा कार्यक्रमका सभापति रम्जान दिन मियाँद्वारा कोरोनाद्वारा अस्त ब्यस्त पछि सामान्य रुपमा फर्किदै गर्दा लामो समयको अन्तरालपछि यो कार्यक्रम गरिएको र सभ्य भब्य रुपमा नै सफल रहेकोमा खुशी व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि महाबाणिज्य दूतावास जेद्दाका प्रमुख  सत्रुधन पोखरेल ज्यु तथा नेपाली दूतावास रियादका प्रतिनिधि नरेन्द्र बि.क ज्यु लाई बिशेष आभार प्रकट गर्दै कार्यक्रम सफल बनाउन उपस्थित सम्पुर्ण अतिथि गणहरु, संघ प्रतिनिधिहरु, पत्रकारहरु, खेल प्रेमी खेलाडीहरु, विभिन्न सामाजिक अभियन्ताहरु, आरसिसी टिमका सम्पुर्ण कार्यक्रम ब्यबस्थापन पदाधिकारीहरु, उपस्थित सम्पुर्ण जन मानसहरुमा धेरै धेरै धन्यवाद ज्ञापन गर्नु भएको थियो । साथै श्रमिकहरुका समस्या समाधानमा आफ्नो टिमले गरेको कार्यप्रती सन्तुष्ट जनाउँदै  श्रमिक समस्या समाधानमा आफू सदैब निरन्तर अगाडी बढिरहने प्रतिबद्धता जनाउनु भयो । श्रमिक समस्या समधानमा एनआरएनए एनसिसिका अध्यक्ष डम्बर यादबले गर्नुभएको सहयोग प्रति अभार प्रकट गर्नु भयो ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

गरिबको नाम बेचेर डलर पचाउदै एनजीओ

गरिबको नाम बेचेर डलर पचाउदै एनजीओ
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …