तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी । श्रीलङ्काको राष्ट्रपति कार्यालयको सञ्चार युनिटका देशको अस्तित्वको रक्षा गर्न, सार्वजनिक जीवनका लागि आवश्यक आपूर्ति र सेवालाई निरन्तरता दिन र जनतालाई सुरक्षा उपलब्ध गराउन सङ्कटकाल लगाइएको जनाएको छ।

अहिले श्रीलङ्कामा कैयौँ देशहरूले इन्धन र औषधिहरू पठाइरहेको भएपनि त्यो पर्याप्त नरहेको विवरणहरू आएका छन्। मानिसहरू सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् र उनीहरूले राष्ट्रपतिले राजीनामा दिनुपर्ने माग गरिरहेका छन्।

एक महिनायता जारी प्रदर्शन बारम्बार हिंसक समेत भएको छ।

सङ्कटकाल लागु हुनु अघिल्लो दिन प्रहरीले कोलम्बोमा संसद् भवन बाहिर प्रदर्शन गरिरहेका मानिसहरूमाथि अश्रुग्याँस प्रहार गरेको थियो।

प्रदर्शनकारीहरूले देशव्यापी हडतालको आह्वान गरेका छन् र त्यसबाट शुक्रवार कामकाज ठप्प रहेको थियो।यसअघि लगाइएको सङ्कटकालमा राष्ट्रपति गोटबय राजपक्षले एउटा सूचना जारी गर्दै सडक, पार्क, रेल र समुद्री तट जस्ता सार्वजनिक स्थानमा निस्कन बन्देज लगाएका थिए।

यसैबीच कोलम्बोमा रहेका क्यानडाका राजदूतले सङ्कटकाल लगाउने निर्णयमाथि प्रश्न उठाएका छन्।

पछिल्ला केही हप्ताहरूमा श्रीलङ्काका नागरिकहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने आफ्नो अधिकार उपभोग गरिरहेको भन्दै उनले सङ्कटकाल लगाउनुपर्ने स्थिति कसरी आवश्यक पर्‍यो भनेर प्रश्न गरेका छन्।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …