तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी । आर्थिक सङ्कटसँग सङ्घर्ष गरिरहेको श्रीलङ्काले धेरै प्रयोग गरिने औषधिहरूको मूल्य ह्वात्तै बढाएको छ। त्यहाँ डेढ महिनाभित्र दोस्रो पटक औषधिको मूल्यवृद्धि भएको हो।

एन्टिबायोटिक, दुखाइ कम गर्ने केही औषधि र मुटुको समस्या भएकाले प्रयोग गर्ने औषधिको मूल्य ४० प्रतिशतसम्मले बढेको छ।

श्रीलङ्कालीहरू या त छोटो अवधिका लागि मात्रै औषधि लिन बाध्य छन् या उनीहरूले विदेशबाट हुने आपूर्तिमा भर पर्नुपरेको छ।सरकारले औषधिको मूल्यवृद्धि गर्नुबाहेक अरू विकल्प नभएको बताएको छ।गम्भीर आर्थिक सङ्कट खेपिरहेको बेला देशको ढुकुटीबाट विदेशी मुद्रा रित्तिन थालेपछि सरकारले यस्तो निर्णय लिएको हो।

सरकारले विदेशबाट खाद्यान्न तथा औषधिजस्ता अत्यावश्यक सामग्रीको आयातमा कडाइ गरेको छ वा प्रतिबन्ध लगाएको छ।श्रीलङ्काको सङ्कटबाट नेपाल झस्कनुपर्ने कारण

उनका अनुसार श्रीलङ्काली मुद्राको अवमूल्यन भएको र धेरैजसो औषधिहरू निजी क्षेत्रले आयात गर्ने गरेकाले सरकारसँग अरू विकल्प थिएन। त्यसो नगरे औषधिको चरम अभाव हुने उनको भनाइ छ।

स्वास्थ्य अधिकारीहरूले औषधि अभावका कारण बिरामीहरू सिफारिस गरिएकोभन्दा कम औषधि किन्न बाध्य भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। अवस्था खराब छ। कहिलेकाहीँ एन्टिबायोटिक पाँच दिनका लागि खान सिफारिस गरिन्छ। मेरा ग्राहकहरू मसँग दुई वा तीन दिनका लागि मात्रै एन्टिबायोटिक दिनूस् भन्छन्। यसले कसरी काम गर्छ?” कोलोम्बोस्थित एउटा औषधि पसलका सञ्चालक रुचिरा हेवावासाम भन्छिन्।बढी पैसा तिर्न सक्ने वा चाहनेहरूले पनि औषधि अभाव भोग्नुपर्न सक्ने आशङ्का केहीको छ।

रत्नपुरा जिल्लामा बस्ने भेलुपिल्लाई विघ्नेश्वरन स्नायुप्रणालीमा समस्या भएकी आफ्नी बहिनीका लागि चाहिने औषधि खोज्न गत वर्षदेखि प्रयासरत छन्।हामीले केही पसलहरूमा खोज्यौँ तर त्यो औषधि कतै छैन। चिकित्सकहरूले हामीलाई अरू औषधि नलिन भनेका छन्। हामी भारतमा रहेका इष्टमित्रमार्फत् औषधिको जोहो गर्ने प्रयास गरिरहेका छौँ।

विघ्नेश्वरनले औषधि नपाउँदा आफ्नी बहिनी पीडामा रहेको र त्यसले उनको स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने आफूलाई थाहा नभएको बताए।हामीले औषधि क्षेत्रमा भोगिरहेको सङ्कट पहिला कहिल्यै देखिएको थिएन। यसले औषधिमा बढेको अचाक्ली मूल्यको असर पर्नेछ,” बीबीसीसँग बोल्दै श्रीलङ्काको औषधि उद्योगीको सङ्गठनका उपाध्यक्ष आजम जावर्डले भने।

बालबालिकालाई दिइने एन्टिबायोटिक, जीवनरक्षक एन्टिबायोटिक, स्टेरोइडजस्ता औषधिहरू अहिले पाउन कठिन छ।खाना पकाउने ग्यास, दूध र इन्धनजस्ता अत्यावश्यकीय सामग्रीमा बढेको मूल्यप्रति तीव्र आक्रोश विद्यमान रहेकै बेला औषधिको मूल्य पनि बढेको छ।

अभाव बढ्दै जाँदा हजारौँ मानिसले सरकारको राजीनामा माग गर्दै विरोध प्रदर्शनहरू गर्दै आएका छन्।ऋण कार्यक्रमअन्तर्गत भारतले औषधि आपूर्तिको प्रस्ताव गरेको छ। तर कर्मचारीतन्त्रमा रहेको प्रक्रियागत अवरोधका कारण औषधि आउन ढिलो भएको छ।

सरकारले विश्व ब्याङ्कजस्ता अन्तर्राष्ट्रिय निकायलाई औषधिजस्तो अत्यावश्यकीय सामाग्री खरिदमा सहयोग गर्न आह्वान गरेको छ।श्रीलङ्काका सञ्चारमन्त्रीले भने, “उनीहरूले ६० करोड डलर आउने बताएका छन् र जब आउँछ हामी केही मूल्य घटाउन सक्छौँ।बिबिसी 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …