तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका। संस्थापक इलोन मस्कको ट्वीटका कारण अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्यमा १४ अर्ब अमेरिकी डलरले गिरावट आएको छ।

ट्वीटपछि लगानीकर्ताहरूले शेअर बेचेका कारण मस्कको व्यक्तिगत सम्पत्ति पनि तीन अर्बले कम भएको छ। “टेस्लाको शेअर मूल्य धेरै नै बढी” रहेको आफ्नो विचार रहेको ट्वीट गरेका मस्कले आफ्नो अचल सम्पत्ति पनि बेच्ने ट्वीट गरेका छन्।

अन्य ट्वीटहरूमा उनले आफ्नो प्रेमिका आफूसँग धेरै रिसाएको समेत लेखेका छन्। सन् २०१८ मा न्यूयोर्क स्टक मार्केटमा टेस्लाको भविष्यबारे ट्वीट गर्दा उनलाई नियामक निकायले दुई करोड डलर जरिवाना गर्नुका साथै त्यसपछि गर्ने ट्वीटका लागि वकिलबाट स्वीकृत लिनुपर्ने निर्णय गरेका थिए।

वाल स्ट्रीट जर्नलले मस्कलाई त्यो ट्वीट एउटा हल्का टिप्पणी थियो कि भनी गरेको प्रश्नमा उनले होइन भनेको लेखेको छ। विवादास्वद ट्वीट गरिरहने मस्कले आफ्ना झन्डै साढे तीन करोड फलोअरहरूलाई कोरोनाभाइरसको बेलामा गरिएको लकडाउनको चर्को आलोचना गरेका थिए।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …