तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

उमेश थापा

काठमाडौं ।हामी नेपालीहरुमा छिटो बिर्सिने प्रवृत्ति छ । केही ठूला अत्यासलाग्दा घटनाहरु मात्र सम्झन्छौं तर अरु बिर्सिछौं । २०७२ वैशाख १२ गते मुलुकमा महाभूकम्प गयो । घर भत्केर धेरैको ज्यान गुमाए । तर पनि हामीले पाठ सिकेनौ । ठूल्ठूला दरबार ठड्याउने काम अझैपनि जारी नै छ ।

त्यसैगरी, अरु मुलुकझै नेपालमा पनि कोरोनाले तहल्का मच्चायो । २०७६ चैत ११ गते देखि सरकारले देशभर पहिलोपटक लकडाउन घोषणा गप्यो । दोस्रोपटक २०७८ साल वैशाख १६ गते लकडाउन गरियो । जनस्वास्थ्य निति अप्नाइयो । विभिन्न क्रियाकलापमा रोकसमेत लगाइएको थियो ।

मुखमा माक्स, स्यानिटाइजर, साबुन पानीले हात धुने र भौतिक दुरीको पालना अनिवार्य गरियो । माक्स लगाउनु कोरोना मात्र नभई प्रदषणबाट जोगिने उत्तम उपाय हो । स्वास्थ्यका लागि माक्स लगाउने निर्णय निकै राम्रो छ । माक्स लगाएपछि कुनै रोग पनिसर्न पाउदैन् ।

तर, अहिले आएर सबैले कोरोनाले मच्चाएको तहल्का बिर्सिएका छन् । भुकम्पमा नौ हजार र कोरोनाका कारण ११ हजारभन्दा बढी मानिसहरु बितेको कुरा सबैको मस्तिष्कबाट हटिसकेको छ । अधिकांशले माक्स लगाउन छाडेका छन् भने अन्य जनस्वास्थ्य मापदण्डको पनि पालना भएको छैन् ।

बढ्दो कोरोना कारण चीनको विभिन्न प्रान्तमा लकडाउनमा छ । भारतमा पनि दिनहु कोरोना बढिरहेको अन्तराष्ट्यि सञ्चारमाध्यमहरुले जनाउछन् । कोरोनालाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै सूचना जारी गरेको छैन् । खुल्ला सीमानाका कारण नेपाललाई फेरिपनि कोरोनाले शिथिल पार्ने देखिएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडालाई ठेक्कापट्टामै भ्याइनभ्याई छ । कुनचाही व्यापारीलाई ठेक्का दिदा बढी कमिशन आउछ यसमा उनी सोचमग्न भएका छन् । यता, मरे पनि अरु मर्ने हो भन्ने विचार स्वास्थ्यमन्त्री खतिवडाको छ । जसका कारण स्वास्थ्यमन्त्रीले जनताबाट असफल र भ्रष्ट्राचारी मन्त्रीको ट्याग पाएका छन् ।

न स्वास्थ्यमन्त्रीले सित्तैमा गरिबहरुको उपचार गर्न सके न सबैलाई खोप दिलाउन । केपी ओलीको सरकार हुँदा विरोध खतिवडा सांसद थिए । एक कार्यक्रममा आफ्नो मन्तब्य राख्दै विरोध खतिवडाले भने, ‘ मैले त निःशुल्क खोप लगाउन नपाएर पाँच हजार तिरेर लगाए ।

जनताबाट चुनिएर आएको सांसद्ले त पाँच हजार तिरे भने जनताले खोप लगाउन कति तिरे होलान् ? खोपमा पनि आर्थिक चलखेल चलेको पाइन्छ । पैसा र पहुँच नहुने नेपालीहरुले अझैपनि खोप पाएका छैनन् । जनताले तिरेकोे करबाट किनेको र थुप्रै देशले अनुदानस्वरुप दिएको खोप हिनामिनासमेत भएको खबरहरु बाहिर आयो ।

तर, पछि विभिन्न बहाना बनाएर यसलाई छोप्न काम गरियो । तत्कालीन प्रधानमन्त्री केपी ओली र हालका स्वास्थ्यमन्त्री खतिवडाले खोप नै बेचेर लाखौ रकम भ्रष्ट्राचार गरेका छन् । अनुदान र सरकारले किनेको खोपमा यिनीहरुले मोजमस्ती चलाए । हातमा सत्ता भएको मौका छोपेर भ्रष्ट्राचार गर्ने काम गरिएको छ ।

खतिवडा मन्त्री भएर आएपछि उनले सरुवा र बढुवाबाहेक केही काम गरेका छैनन् । कर्मचारीको सरुवा बढुवा गरेर कमिशन खाएको कुरा लुकाएर लुक्दैन । सबैभन्दा बढी भ्रष्टाचार केपी ओलीको सरकारले गरेको सबैलाई स्मरण नै होला । मन्त्री खतिवडाको चुनाव जिल्ला मकवानपुर हो ।

उनी २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका नेता हुन् । अबको चुनावमा मन्त्री खतिवडालाई जनताले हराईदिन्छन् । पुरानो व्यक्तिहरुलाई पार्टीले टिकट दिएपनि जनताहरु भोट दिनेवाला छैनन् । पदमा नपुगुञ्जुल नाराबाजी पुगेपछि भ्रष्ट्राचार गर्ने होडबाजी । पदमा पुगेपनि दलालीको बाहेक कसैको काम गर्दैनन् नेताहरु ।

जनताहरुले अब यस्ता दलालीलाई सत्तामा पुप्याउदैनन् । जनतामा निकै चेतना आइसकेको छ । आर्थिक कमजोर भएका बिरामी उपचार गर्ने जाँदा बेड पाउँदैनन र पाए पनि उपचार गर्ने पैसा हुँदैन । महँगीको कारणले भोकभोकै बस्नुपरेको छ । एमालेका अध्यक्ष केपी ओली फेरि पनि बहुमतको सरकार आउँछ भनेर भाषण ठोक्दै हिडेका छन् ।

नेताभन्दा पनि कलाकार भनेर चिनिने ओलीले अब राम्रो सबक पाउनेछन् । ओलीको निकै नजिकका पात्र गोकुल बाँस्कोटा काभ्रेबाट चुनाव हार्ने पक्का भएको छ । यता, महेश बस्नेत पनि भक्त्तपुरबाट पराजित हुन्छन् । ओली आफ्ने गृहजिल्ला झापाबाट नराम्रोसंग पछारिनेछन् ।

ओलीले सञ चलाउन नसकेर दुईचोटि सांसद् विघटन गरे । पार्टी चलाउन नसकेर पार्टीको बैठ्कदेखि लिएर मन्त्रीपरिषद् बैठ्कसमेत वालुवाटारमै गर्थे । पार्टी कार्यालय पनि जान नसक्ने यता सिंहदरबार पनि आउन नसक्ने ? प्रधानमन्त्री हुँदा उपचारका लागि उनले धेरै रकम लिएका छन् । विदेशमा गएर उपचार गराए ।

जनताले तिरेको कर खर्च गरेर भोज लगाउने । केकमा समेत देशको नक्सा बनाएर काटे । अहिले सरकारले ७० वर्ष नटेकेको लागी भत्ता दिँदैन । २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा जेष्ठ नागरिकहरुलाई ६५ बषर्मै भत्ता दिने निर्णय भयो । दीर्घकालिन रोगीलाई मासिक पाँच हजार भत्ता दिनेसमेत भनिएको थियो ।

यो निर्णय सबै नेपाली जनता हर्षित भएका थिए । २०७४ साल फागुन ३ गते ओलीको सरकार आउनेबित्तिकै देउवा सरकारले गरेको सबै निर्णय उल्टाइदिए । चुनावको बेलामा जेष्ठ नागिरिकहरुसँग भत्ता बढाई दिन्छु भनेर भोट मागे तर बढाइदिएनन् । जनताबाट चुनिएर आएकाृ सांसद््ले मन्त्री पाएनन् तर जागिरबाट रिटार्यड भएको कर्मचारीलाई अर्थमन्त्री बनाइयो ।

नजिकका मान्छेलाई राजदुत बनाउने, ठेक्का दिने, मनेनित सासंद् बनाउने ओलीको पालामा यस्ता काम मात्रै भए । नेपालीहरु जिम्मेवार नहुँदा पनि नेताहरुले मोजमस्ती गरे मनलाग्दी शासन चलाए । आफनो पार्टीका सांसद् वा कार्यकर्ताहरुलाई बालुवाटारमा बोलाएर कालो अरिगल जस्तै बन्नु भनेर निर्देशन दिने पनि ओली नै हो ।

कालो अरिगल पाल्ने पार्टीलाई अब जनताले भोट दिन्छन ? देशको प्रधानमन्त्री भएर बालुवाटारमा बासुरी बजाएर बस्न सुहाउछ ? बासुरी बजाउने क्षमता भएको व्यक्तिलाई देश चलाउने चाबी दिएर देश विकाश हुन्छ ? अब आउने स्थानीय चुनावमा एमालेका वडाध्यक्षदेखि मेयरले नराम्रोसंग हार्छन् ।

एमालेका कार्यकर्ता जेष्ठ नागरिकलाई राम्रो वृदभत्ता हामीले दिएको भनेर चुनावी नारा बजाउदै हिडेका छन् । ओलीले आफनो गोजीबाट वृद्धभत्ता दिएका हो र ? जनताले तिरेका करबाट दिनु छ त्यही पनि फाइफुती हेप्यो भने सबै वाक्कदिक्क हुन्छन् । सरकारी कर्मचारीदेखि पेन्सनवालाहरुलाई हाम्रो पार्टी तलब बढाएको भनेर उनले छाती फुलाएका छन् । तर, त्योपनि आफ्नो घरखेत बेचेर बढाइदिएको हो र ?

एमालेमा कलाकारहरु भित्रिने काम बढिरहेका छ । हिजो भित्रिएका कलाकारहरुले एमालेमा ठाउ पाइरहदा वर्षौदेखि पार्टीमा लागेका हेरेको हेप्यै भइसके । ओलीको अगाडी जसले मिठो कुरा गर्छ त्यो व्यक्तिले पद पाउँछ भन्ने कुरा स्पष्ट भइसकेको छ । अबको चुनावमा एमालेले आफ्नो औकात देख्नेछ । किन कि जनताहरु एमालेको सही ठाँउ देखाउन तम्तयार भइसकेका छन् । यस्तो पार्टीलाई भोट दिनुअघि जनताले निकै नै सोचविचार गर्नुपर्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …