तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । भारत भ्रमण सकेर काठमाण्डू आइपुगेका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानम गेहब्रेयससले तीन दिनको नेपाल बसाइका बेला उठाउनुपर्ने विषयवस्तु तयार पारिएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्।

यो अवसरलाई कोरोनाभाइरस महामारी नियन्त्रणमा भएका कामकारबाहीको समीक्षा गर्न पनि उपयोग गरिने उनले बताए।

सहयोगको समीक्षा

नेपालको स्वास्थ्य क्षेत्रमा डब्ल्यूएचओको लामो समयदेखि योगदान छ। खोपदेखि लिएर प्राविधिक विषयहरूमा हामीले सहयोग पाएका छौँ। यिनै विषयमा समीक्षा हुनेछ,” खतिवडाले भने।

आगामी दिनमा विश्व स्वास्थ्य सङ्गठन र नेपालबीच स्वास्थ्यमा हुन सक्ने साझेदारीका क्षेत्रबारे समेत कुराकानी हुने उनले बताए।

कतिपय जनस्वास्थ्य विज्ञहरूले चाहिँ उनको भ्रमणलाई केवल अहिले चाहिएका सरसहयोग माग्नमा मात्र सीमित नगरेर भविष्यका निम्ति आवश्यक विषयबारे पनि सहयोग खोज्न उपयोग गर्नुपर्ने सुझाव दिइरहेका छन्।

“खासगरी उपचारात्मक विषयहरूको सन्दर्भमा हामीले ग्रामीण भेगका स्वास्थ्यकेन्द्रहरूको स्तरोन्नति अनि अत्याधुनिक सुविधालाई राजधानीबाहिर विस्तार गर्न उसको प्राविधिक सहयोग लिन सक्छौँ,” सङ्क्रामक रोग विशेषज्ञ प्राध्यापक डा. जनक कोइरालाले भने।

कोभिडकै सन्दर्भमा विगतमा नेपाललाई निकै परिमाणमा सघन उपचारका सामग्री, भेन्टिलेटर आदि प्राप्त भएका थिए।

“ती सामग्री गाउँगाउँमा पुर्‍याइएको भनिएको छ। तर तिनलाई चलाउन सक्ने जनशक्ति छैन। यस क्षेत्रमा हामीलाई डब्ल्यूएचओको सहयोग मूल्यवान् हुन सक्छ,” उनले भने।बिबिसी 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …