तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका। नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार-प्रसार उपसमितिको पहिलो बैठक सम्पन्न भएको छ।

उप समितिका संयोजक एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टको सभापतित्वमा सोमवार सम्पन्न बैठकले प्रचार प्रसारलाई प्रभावकारी बनाउन सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेको हो। 

बैठकमा कांग्रेसका प्रवक्ता एवं केन्द्रीय प्रचार-प्रसार समितिका संयोजक डाक्टर प्रकाशशरण महतले उप समितिको जिम्मेवारी र पार्टीले उप समितिमार्फत अपेक्षा गरेका विषयमा प्रकाश पार्नु भएको थियो। उहाँले पार्टीले सुम्पिएको यो जिम्मेवारीलाई बहन गर्न सबैलाई जिम्मेवार भएर सक्रिय हुन निर्देशन समेत दिनुभयो। 

हामी चुनाव होमिएका छौं, देश बाहिर रहनु भएका तपाईंहरुले मध्ये कतिपय त स्वदेशमा पनि आइसक्नु भएको छ। आफ्नो अनुकुल मिलाएर स्वदेश फर्केर कांग्रेसलाई सहयोग गर्नुस्, त्यो सम्भव छैन भने आफु बसेकै ठाउँबाट आफ्नो गाउँघर,टोल,समाजका आफ्ना आफन्तलाई कांग्रेसका उम्मेदवारलाई मत दिन विभिन्न माध्यममार्फत अनुरोध गर्नुस्,पार्टीको नीति अनुसार प्रचार-प्रसारमा सक्रिय रहनुस्, देशबाहिर रहेतापनि तपाईंहरुको भूमिका अत्यन्त महत्वको रहेको हुन्छ। पार्टीका लागि आ-आफ्नो तहबाट सबैले योगदान गर्नुस्’ नेता महतले बैठकका सहभागीहरुलाई सम्बोधन गर्दै भन्नुभयो। 

पहिलो बैठकले पार्टीको केन्द्रीय नेतृत्वलाई यसरी प्रवास समन्वय प्रचार उपसमिति गठन गरी जिम्मेवारी प्रदान गरेको भन्दै आभार व्यक्त गरेको छ। यो उप समितिमा जनसम्पर्क समितिका सबै देशका सभापतिहरु पदेन सदस्य रहेका छन्। यसैगरी विभिन्न देशका निवर्तमान नेतृत्व तहका पदाधिकारी र जनसम्पर्क समिति मार्फत क्रियाशील रहेकाहरु सदस्य रहेका छन्। उप समितिमा विभिन्न देशका ८४ जना सदस्य रहेका छन्। यसैगरी उप समिति अन्तर्गत प्रवास मिडिया समन्वय संजाल पनि गठन गरिएको छ जसमा विभिन्न देशका १२ जना कांग्रेस निकट संचारकर्मीहरु रहेका छन्। 

बैठकले उप समितिका सदस्य नाइजेरियामा रहेका हिक्मत थापालाई आर्थिक संकलन र परिचालनको लागि संयोजन गर्ने जिम्मेवारी दिएको छ। यसैगरी कतारमा रहेका अर्का सदस्य बिमल सुबेदीलाई सामाजिक संजाल र अन्य माध्यममार्फत पार्टी नीति विपरित समितिका सदस्यहरुले गर्ने गतिविधिका विरुद्ध खबरदारी गर्न,त्यसो गरेमा सचेत गराउन र सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउन अनुशासन समितिको संयोजकको रुपमा काम गर्ने जिम्मेवारी दिएको छ। जनसम्पर्क समिति,कतारका सभापति अजीज अलीलाई प्रचार सामाग्रीको डिजाइन तयार गर्ने गरी टिकटकलगायतका डिजिटल प्रचार सामाग्री तयारीको जिम्मेवारी दिएको छ।

यसैगरी बैठकले प्रबासमा रहेका सबै नेपाली जनसम्पर्क समितिहरुले तत्काल आ आफ्नो देशमा प्रचार प्रसार समिति गठन गर्ने निर्णय समेत गरेको छ। बैठकमा नेपाली जनसम्पर्क समितिका तर्फबाट महाधिवेशन प्रतिनिधि रहेका सबै सदस्यलाई यस उपसमितिमा थप गर्न पार्टी प्रवक्ता एवं प्रचार प्रसार समितिका केन्द्रीय संयोजक डाक्टर प्रकाशशरण महतलाई अनुरोध गर्ने निर्णय समेत भएको छ। 

यसैगरी नेपालको मतदाता सूचीमा नाम रहेका तर हाल प्रवासमा रहेका आफ्नो पार्टीका मतदाताहरुलाई स्वदेश फर्केर चुनावमा मतदानका लागि अभिप्रेरित गर्ने निर्णय गरिएको छ भने  हाल नेपालमा रहेका जनसम्पर्क समितिका विभिन्न देशका सदस्यहरु र यस उप समितिमा रहनु भएका सदस्यहरुको राजधानीमा तत्काल भेला गरी एक प्रेस भेटघाट कार्यक्रमको आयोजना गर्ने निर्णय भएको जनसंपर्क समिति क्यानाडाका सभापति  बुद्दी प्रकाश ओलीले जानकारी  दिनुभयो । 

बैठकमा उप समितिका सदस्यहरु, विभिन्न देशका जनसम्पर्क समितिका सभापतिहरु उप समिति अन्तर्गतको प्रवास मिडिया समन्वय संजालका संयोजक र सदस्यहरुको सहभागी थियो 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …