तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पोखरा । कास्की जिल्ला अदालतमा नकवजनी चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई २४ घण्टा नबित्दै पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १५, टुटुंगाका २७ वर्षीय अर्जुन परियार (दावा) रहका छन् । सामान्य लेखपढ मात्र गर्न जान्ने परियारमाथि भने शृंखलाबद्ध आपराधिक क्रियाकलापको फेहरिस्त छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गरेको हो । लागूऔषधको कुलतमा फसेका परियारले यसअघिका मुद्दामा अदालतमा म्याद थप गर्न लगिदा मुचुल्का गरी नष्ट गर्न राखिएका लागूऔषध देखेका थिए । उनले लागूऔषध पाउने आशमा संवेदनशील क्षेत्र अदालतको ढोका मध्यरातमा फोडेरै महत्वपूर्ण मिसिल छरपस्ट पारेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले भिडियो क्लिप देखाउँदै बताए ।

घटना थाहा पाएपछि अभियुक्त नजिक पुग्न समय धेरै नलागेको डीएसपी तिवारीले बताए । प्रारम्भिक अनुसन्धानमा परियारले आफू संलग्न रहेको स्वीकारेको प्रहरीले जनायो ।

प्रहरी रेकर्डमा परियारले २०७३ देखि हालसम्म गरी विभिन्न नौ मुद्दा खेपेका छन् । २०७३ सालमा उनले तीनवटा चोरी मुद्दा, २०७४ सालमा लागूऔषध र भद्र व्यवहार, २०७५ मा लागूऔषध, २०७६ मा अभद्र व्यवहार र लागूऔषध मुद्दा खेपेर रिहा भएका थिए ।

मंगलबार राति वडा प्रहरी कार्यालय बैदाम अगाडि रहेको कास्की जिल्ला अदालतका इजलास नम्बर १ को कोठाको ढोकामा लगाएको ताला फोडेको, इजलासभित्रको काठको टेबुलमाथि इन्डेक्स फाइल यत्रतत्र छरिएको, इजलास नम्बर ६ को मूलढोकामा लगाएको ताला फोडिएको, कोठाभित्रको काठको टेबुलको तलको घर्रा खुला रही कागजात यत्रतत्र छरिएको थियो । साथै बांगिएको अवस्थामा फलामको रड प्रहरीले बरामद गरेको थियो ।

डीएसपी तिवारीले सो घटनामा संलग्न रहेको अभियोगमा परियारविरुद्ध नकवजनी चोरी मुद्दामा अनुसन्धान जारी रहेको जनाए । कानुनमा सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको संगठित संस्था, सर्वसाधारण वा कुनै व्यक्तिलाई हानिनोक्सानी वा क्षति पु¥याउने नियतले जानीजानी वा विश्वास गर्नुपर्ने मनासिव कारण भई वा लापरबाही वा हेलचक्राइँ गरी कुनै निजी सम्पत्ति नास गरेमा वा त्यसको मूल्य, महत्व वा उपयोगिता घट्ने काम गरेमा अनाधिकृत प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी मुद्दा चलाउने सक्ने प्रावधान छ । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …