तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली जनसम्पर्क समितिले विश्वभर छरिएर रहेका आम गैर आवासीय नेपालीहरुको प्रतिनिधिमूलक संस्था गैर आवासीय नेपाली संघमा उत्पन्न पछिल्लो संकट समाधान भएकोमा उत्साहित भएका जानएको छ ।

नेपाली कांग्रेसका श्रद्धेय नेता गिरिजाप्रसाद कोइरालाले मार्गदर्शन गर्नु भएको सहमति,सहकार्य र आपसी एकताको मूल भावनालाई सम्मान गर्दै एनआरएनका जिम्मेवार पक्षले एकता र भाइचाराकालागि हार्दिकतापूर्वक देखाएको समझदारीको समितिले स्वागत गरेको हो । 

संघभित्रका आन्तरिक विषयलाई समझदारी र सहकार्यको भावनाबाट समाधान गर्न सकिन्छ भन्ने समितिको मान्यता थियो । विभाजनको संघारमा पुग्न लागेको एनआरएन समाधान गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउबाको निर्देशनमा पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायतकानेताहरुले गर्नु भएको समन्वयात्मक र निर्णायक पहलकदमीको समितिले सम्मान गरेको छ। 

सहमतिका लागि वातावरण निर्माण गर्ने र संघलाई थप मजबुत बनाउन एकताबद्ध भएर अघि बढ्न प्रतिबद्धता जनाउने सम्बन्धित सबै पक्षलाई समितीके धन्यवाद ब्यक्त गरेको छ । 

विभाजनमा होइन, एकतामा नै हाम्रो लक्ष्य प्राप्ती हुन्छ र प्रवासमा रहेका आम नेपालीहरुको हित र अधिकारको रक्षाका लागि एकताबद्ध हुनुको विकल्प नरहेको भन्दै समितीले विश्वभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिका सभापतिहरुले मार्च १५ मा  एक संयुक्त बैठक गरी सम्भावित विभाजन रोक्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको थियो । 

एनआरएनभित्र देखिएको असहज अवस्थाले आम सदस्य र सबै चिन्तित भएको परिस्थितिमा सोमवार नेपाली कांग्रेसका निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द विष्टको समन्वयमा समितिका सबै सभापतिहरुको संयुक्त बैठक बसी एनआरएनभित्रको विवाद समाधानका लागि पहल गर्ने र पार्टी नेतृत्व र सम्बन्धित सबैलाई धन्यवाद दिने निर्णय समेत गरेको छ। 

समितीले एनआरएन भित्रको असहज परिस्थितिलाई समाधान गर्न पहल गर्ने र यसका लागि लचकता देखाउने सबैलाई धन्यवाद व्यक्त गर्दछौं। साथै नेपाली जनसम्पर्क समिति,परिवार गैर आवासीय नेपाली संघसँग हातेमालो र सहकार्य गर्दै आम प्रवासी नेपालीहरुको हक,अधिकारको सुरक्षा र समुन्नतिका लागि काम गर्न सधैं तयार रहेको समेत प्रष्ट पारेको छ ।

उपस्थित सभापतिहरु 

१) आनन्द बिष्ट  – सभापति, नेजस,अमेरिका

२) बालकृष्ण पाण्डे – सभापति, नेजस, भारत

३) बुद्धिप्रकाश वली – सभापति, नेजस क्यानडा 

४) भुवानीप्रसाद तिमल्सिना – सभापति, नेजस युएइ  

५) सीता अर्याल – सभापति, नेजस साईप्रस

६) शिखर खड्का – सभापति, नेजस जर्मनी

७) पदम सुन्दर गुरुङ – सभापति, नेजस बहराइन

८) अर्जुन थापा – सभापति, नेजस साउदी अरब

९) मोहम्मद अजिज अली – सभापति, नेजस कतार

१०) राजेन्द्र  रसाईली बिरही – सभापति, नेजस कुवेत 

११) शालिक चापागाई -सभापति, नेजस ओमान

१२) दिपिका भुषाल – सभापति, नेजस इजरायल 

१३) युवराज गुरुङ – सभापति, नेजस युके 

१४) पुर्ण तिमिल्सिना – सभापति, नेजस बेल्जियम 

१५) इन्द्र शर्मा – सभापति, नेजस फ्रान्स 

१६) जीवन सिँह कुँवर – संयोजक, नेजस अष्ट्रिया 

१७) भजेन्द्र क्षेत्री – सभापति, नेजस कोरिया

१८) रोशन केसी – सभापति, नेजस जापान 

१९) सन्देश केसी – सभापति, नेजस माल्टा  

२०) शालिक गौतम – सभापति, नेजस नेदरल्याड 

२१) सुरेश रानसिंह गुरुङ- सभापति, नेजस अष्ट्रेलिया 

२२ जितेन्द्र  शाही – सभापति, नेजस नर्वे 

२३) यादब  बस्नेत – सभापति, नेजस डेनमार्क  

२४) चोलाकान्त पंगेनी – सभापति, नेजस मलेसिया 

२५) नवीन थपलिया – सभापति, नेजस इटली

२६) अंकित ओली- सभापति, नेजस आयरल्याण्ड  

२७) भिम परियार – सभापति, नेजस पोल्यान्ड 

२८) चन्डी योङ्गया – सभापति, नेजस मकाउ

२९) सन्तोष  श्रेष्ठ- सभापति, नेजस स्पेन 

३०) बुद्धिसागर घिमिरे – सभापति, नेजस न्यूजिल्याण्ड 

३१) वकील केसी – सभापति, नेजस पोर्चुगल 

३२) श्याम सापकोटा- सभापति, नेजस स्वीटजरल्याण्ड 

३३) चण्डी माकु – सभापति, नेजस, हंगकंग 

३४) बालकृष्ण सापकोटा- सभापति, नेजस लक्जेम्बर्ग

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …