तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अनुसा थापा

काठमाडौं । आज काठ्माडौं उपत्यका र भोली मधेश प्रदेशमा होली मनाइन्छ । होली मनाउनको लागि सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिने गरेको छ । होली सबैको चाड भएपनि यो एकदमै जोखिमपुर्ण छ । होली मनाउने नाममा विकृति फैलिएको हामीले योभन्दा अघिको वर्षहरुमा देखिसकेका छौ । चाड मनाउने भन्दै अरुलाई दुःख दिन मिल्दैन् नि । होली भन्दै बाटोमा हिडिरहेको मानिसहरुलाई पानी छ्याप्ने, अबिर हाल्ने कार्यपनि नभएका होइनन् । 

कतिपय मानिसहरु आपत परेर हिडेका हुन्छन्, कति आफन्त भेट्न जान खोजेका होलान् । तर, होली खेल्नेहरुले सोच्दैनसोची आफ्नो मनपरी गर्दै आएका छन् । यता, मादक पदार्थ सेवन गर्ने र बिना हेल्मेट मोटरसाइकल चलाउने मान्छे पनि भेटिन्छन् । जसले गर्दा दुर्घटनाको जोखिम निम्तिन्छ । छतमा बसेर पानी छ्याप्दा कतिपय छतबाट चिम्लिन्छन् । त्यसैले होली मनाउदा निकै सावधानी अप्नाउनुपर्छ । पछिल्लो समय आफ्नो रमाइलोको लागि होली मनाउछन् तर दुःख अरुलाई दिइरहेको हुन्छन् । कसैको इच्छाविपरीत गएर रङ लगाउन पाइदैन् ।

चड हो रमाइलो गर्नुपर्छ तर त्योपनि आफ्नो परिवार वा आफन्तसंग । बिनाकाम अरुलाई दुःख दिने कामचाहि राम्रो होइन् । यसमा अभिभावक पनि जिम्मेवार हुनुपर्छ । एउटा साधारण टिका लगाएर पनि होली मनाउन सकिन्छ । होली मनाउनको लागि होहल्ला गर्नैपर्छ, मादक पदार्थ सेवन गर्नैपर्छ, अरुलाई भिजाउनैपर्छ भन्ने होइन् । शान्ति रुपले पनि होली खेल्न सकिन्छ । यता, घरको छतमा बसेर पनि होली खेल्नुहुन्न । घरको छतमा बसेर अर्कोको घरमा पानी हाल्ने काममा रोक लगाउनुपर्छ । घरको छतमा बसेर होली खेल्दा निकै नै जोखिम छ । चाड मनाउदा, रमाइलो गर्दा आफु पनि नमरौ र अरुलाईपनि नमारौ । थोरै गल्तीले निकै ठुलो दुर्घटना हुन सक्छ । होली पर्वमा भएको विकृति कसरी रोक्ने, शान्तिसुरक्षा कसरी अप्नाउने भनेर गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छैन् । अरुलाई जर्बजस्ती रंग लगाउने काममा प्रशासनमा रोक लगाउनुपर्छ । होली खेलिरहेको बेला कतिपय पुरुषले महिलालाई यौन शोषण गरेका घटनाहरु छन् । यस्ता घटना फेरिपनि घट्न नदिन प्रशासनहरु तयार रहनुपर्छ । त्यसैगरी, बाटोमा हिडिरहेको मानिसहरुलाई माथिबाट पानी खसाल्नेको विरुद्ध उजुरी गर्ने ठाँउको व्यवस्था गर्नुपर्छ ।

आफन्तभित्रै मादक पदार्थ सेवन गर्ने र झैझगडा गर्ने । यहाँबाट पनि एकाएक दुर्घटना निम्तिन्छ । हामी नेपालीहरुको आनाबानी कसैले एकगिलास खानेपानी माग्यो भने हामी दिदैनौ । तर, अरुलाई दुःख दिनको लागि हामीसंग ट्याङकीभरी पानी हुन्छ । अझै पुगेन् भने जारको पानीसमेत ल्याएर खन्याउछौ । यो पनि मानवता हो ? होलीमा प्रयोग हुने रंग मिसावटी एकदमै मिसावटी र हानिकारक हुन्छ । जसले स्वास्थ्य र वातावरणलाई नै हानी पुग्छ । व्यापारीहरुले मँहगो पैसा लिएरपनि मिसावटयुक्त रंगहरु बेचिरहेका छन् । यता, बजारमा होलीको खरिददारी सुरु भइसकेको छ भने जनता ठग्ने कामको पनि सुरुवात भइसकेको छ । अरु बेला दुई सयमा पाउने होली लेखिएको टिसर्टको रेट व्यापारीले पाँच सय पुप्याएका छन्  । यता, बच्चाले खेल्ने पिच्कारीहरु पनि मँहगोमा बिक्रीवितरण भइरहेको छ ।

होलीको लागि धेरै प्रयोग हुने भनेको प्लास्टिकका पोकाहरु हुन् । प्लास्टिकका पोकाहरुमा पानी हालेर फाल्ने प्रवृत्तिले सडक पुरै दुर्गन्धित बन्छ । एकातिर सरकारले हप्तौदेखि फोहोर उठाउनसकेको छैन् अर्कोतिर होलीले मच्चाएको तहल्का । 

सरकारले कहिले उठाइसक्छ ? यसमा पनि हरेक नागरिक जिम्मेवार बनौ । होली खेल्दा निक्लिएका फोहोरहरु सडकमा ल्याएर फाल्न पाइदैन् । सर्वसाधारण हिड्ने बाटो फोहोर पार्ने र सास्ती दिने कामको अन्त्य गरौ । होलीलाई लक्षित गरेर ट्राफिक महाशाखाले मापसे चेकिङ तीव्रता दिनुपर्छ । हेलमेट नलाउने र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारबाही गर्नपप्यो । यता, सुरक्षाकर्मीहरुको पनि गस्ती बढाउनुपर्छ । यसमा नेपाली जनताहरुले पनि सहयोग गर्नुपर्छ । 

कुनैले जाँडरक्सी खाएर होहल्ला गर्छ, खैलाबैला मचाउछ, भने उसको विरुद्ध नागरिकले नै उजुरी गर्नुपर्छ । होली मनाउने नाममा आफ्नो टोलछिमेकमा कहीकतै दुर्घटना नहोस् भनेर सबै नागरिक चनाखो भएर बस्नुपर्छ । यसविषयमा सरकारी निकायले पनि कडाइ गर्नपप्यो । देखासिकी गरेर बढी खर्च गर्नु पनि  ठिक होइन् । अरुलाई देखाउनका लागि फजुल खर्च गर्नुहुदैन् । हरेक मानिसले घाँटी हेरेर मात्र हाड निल्नुपर्छ भने जस्तै आम्दानीअनुसार खर्च गर्ने बानी बसाल्नुपर्छ ।

होलीको नाममा जथाभावी गरिने खर्चको सदुपयोग गरेर बाटोमा माग्नेलाई खानदियो भने धर्म हुन्छ । फजुल खर्च गर्ने रकमले खाधान्न खरिद गरेर आश्रममा लगेर दियो भने कसैलाई केही दिनसम्म आफ्नो भोक टार्न हुन्छ । नेपालको स्थिति कुनै मान्छे खान नपाएर मरिरहेको छ भने कुनैले खाना बढी भएर फ्यालिरहेका छन् । नेपालीमा अलिकति पनि मानवता छैन् । 

आफ्नो पेट भर्न र आफुले रमाइलो र्न पाए भइहाल्यो । अरुको बारेमा सोच्ने चलनचल्ती यहाँ छैन् । होली खेल्दाखेरि कसैले पनि मास्क लगाउने गरेको पाइदैन् । मास्क नलगाउदा आखाँ, नाक, मुखमा रंग पस्न सक्ने सम्भावना धेरै हुन्छ । यस्तो मिसावटी रंग हाम्रो छालामा पप्यो भने यसले कति हानी पुप्याउछ ? यसविषयमा कसैको ध्यान केन्द्रित भएको छै्न् । नेपालमा अझैपनि कोरोना निर्मल भइसकेको छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेपनि कोरोनाको तथ्याङक सार्वजनिक गर्दै आएको छ ।

स्वास्थ्यविद्हरुले कोरोना साम्य भइनसकेको र कोरोनाको मापदण्ड पालना गर्न अनुरोध गर्दै आएका छन् । तर, अहिले कोरोनाको मापदण्ड परिपालकहरु कमै मात्र भेटिन्छन् । होली खेल्दाखेरि एकठाँउमा धेरै मानिसहरुको भेला हुन्छ । जसले गर्दा कोरोना फैलिनसक्ने जोखिम झनै धेरै छ । चीन, दक्षिण कोरिया, हङकङलगायतका मुलुकमा कोरोनाले फेरिपनि आतंक मच्चाउन सुरु गरिसकेको छ । चीनको अधिकांश प्रान्तमा लकडाउन गरिएको छ । त्यसैगरी अमेरिका र फ्रान्समा पनि कोरोनाको नयाँ भेरियन्ट डेल्टाक्रोन भेटिएको खबरहरु बाहिर आइरहेका छन् । 

नेपाली लापरवाह बन्ने हो भने पुन कोरोना फैलिन बेर लाग्दैन् । सरकारले बनाएको मापदण्ड नमान्ने हो भने यसको भर्पाइ नेपालीहरु आफैले गर्नुपर्ने हुन्छ । तीव्र गतिमा कोरोना फैलियो भने नेपाल सरकारले लकडाउन गर्न बाध्य हुन्छ । त्यसैले पनि नेपालीहरुले चाडपर्व मनाउने भन्दै कोरोना फैलाउन काम नगरुन् । चीनमा कोरोनाले तहल्का मच्चाउदा पनि चीन र नेपालको हवाइ उडान सुचारु छ । 

सरकार अझैपनि सचेत बनिसकेको छैन् । चिनियाहरु अहिलेपनि नेपाल आइरहेका छन् । चीन र नेपालबिचको हवाइ उडान रोक्न सरकारले कुनै योजना बनाएको छैन् । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना यथावत् छ र यसको रोकथामको लागि नेपाली जनता सतर्क हौ भनेर सुचना जारी गर्दैन् ।

२०७६।७७ सालमा कोरोनाका कारण होली मनाइएन् । तर, अहिले सरकारले कोरोना हटिसकेको जस्तै गरेर होली मनाउन इजाजत दिएको छ । होली मनाउने नाममा फेरिपनि कोरोना त फैलिदैन ? फेरिपनि लकडाउन हुने त होइन् ?  हाम्रो कारणले अरुको ज्यान पनि जान सक्छ । 

नेपालमा कोरोना हटिसकेको छैन्, छिमेकी देशमा कोरोनाले हंगामा मच्चाएको छ भनेर हामीले बिसर्नुहुदैन् । कोरोनाकै कारण १२ हजार बढीले ज्यान गुमाइसकेका छन् । होली खेल्दा आफुपनि बचौ र अरुलाई बाचौं । सरकारपनि नागरिकप्रति जिम्मेवार बनोस् । होली खेल्न पाइन्छ तर अरुको हकअधिकारको बारेमा सोचेर । अरुलाई दुःख दिनेगरि होली खेल्नेलाई सरकारले कारबाही गर्नुपर्छ । होली खेल्दा अरुलाई आपत पर्ने काम कसैबाट पनि नहोस् ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …