तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा जारी राष्ट्रियस्तरको ‘प्रथम गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता’ मा चितवन क्रिकेट सङ्घ विजयी भएको छ ।

प्रतियोगिताअन्तर्गत आज भएको खेलमा चितवन क्रिकेट सङ्घले कास्की क्रिकेट सङ्घलाई ११ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १३१ रन जोडेको थियो । चितवनको जितका लागि दीपेश श्रेष्ठले ११ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै २५ रनको योगदान दिए ।

सुजन चापागाईंले १९ बलमा एक छक्का र दुई चौका प्रहार गर्दै २४ रनको योगदान तथा साकार ढकालले १७ रनको योगदान दिए । चितवनका अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ कास्कीका सुवाष भण्डारीले चार ओभरमा २२ रन खर्चिदै तीन विकेट लिनुभयो । कास्कीका कृष्ण पौडेलले चार ओभरमा २२ रन खर्चिदै दुई विकेट लिनुभयो ।

एक सय ३२ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कास्की २० ओभर खेल्दै सबै विकेट गुमाएर १२० रनमा समेटिन पुग्यो । कास्कीका मुस्कान थापाले ४३ बलमा एक छक्का र चार चौकासहित ३५ रन तथा अनिल गुरुङले २१ बलमा एक छक्का र दुई चौकासहित २६ रनको योगदान दिए । कास्कीका थापा र गुरुङबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क नजोडी पभेलियन फर्किन बाध्य भएका थिए ।

बलिङतर्फ चितवनका गौतम केसीले चार ओभरमा १४ रन खर्चिंदै तीन विकेट, दीपेश श्रेष्ठले चार ओभरमा २१ रन खर्चिंदै दुई विकेट तथा क्रिजन गुरुङले चार ओभरमा २४ रन खर्चिंदै दुई विकेट लिए । आजको खेलमा चितवन क्रिकेट सङ्घका दीपेश श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित भए । नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोटको आयोजनामा सुरु भएको प्रतियोगितामा नवलपुर, बागलुङ, पर्वत, नवलपरासी, तनहुँ, स्याङ्जा, कास्की र चितवनका आठ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद रु दुई लाखसहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले रु एक लाख ५० हजारसहित कप मेडल र प्रमाणपत्र पाउनेछ । सो प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई नगदसहित कप, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल यही फागुन २५ गते हुनेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …