तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणाले एमसिसीको भ्रम हटेको बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–३ तुरतुरेमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले एमसिसीका बारेमा जनतामाझ रहेको भ्रम व्याख्यात्मक घोषणाले हटाएको बताउनुभयो ।

यथास्थितिमा एमसिसी संसद्बाट पारित गर्न नहुने पक्षमा नेकपा (एकीकृत समाजवादी) रहे पनि व्याख्यात्मक घोषणासहित पारित भएको विषयलाई अमेरिकाले पनि स्वीकार गरिसकेको बताउनुभयो । विकासका लागि एमसिसी आवश्यक रहेको भन्दै श्रेष्ठले भन्नुभयो, “यो नेपालको हितमा छ, नेपालको विकासमा यसको समुचित प्रयोग गर्नुपर्छ ।”

जनताको सेवा र विकासका लागि नेकपा (एकीकृत समाजवादी) सदैव प्रतिबद्ध रहेको भन्दै श्रेष्ठले विकासको नेतृत्व आफ्नो पार्टीले गर्ने धारणा व्यक्त गर्नुभयो । “हामीले राजनीति गरेको जनताका लागि हो, विकासका लागि हो, त्यसका लागि हामी सधैँ क्रियाशील रहन्छौँ”, उहाँले भन्नुभयो । जिल्लाको विकासका लागि आफू अहोरात्र खटिए पनि केही विरोधीले आफ्नो नामसमेत लिन नचाहेको भन्दै श्रेष्ठले भन्नुभयो, “विकास सबैका लागि हो, मैले गरेको कामको जस मलाई नदिए पनि म सन्तुष्ट नै हुन्छु ।”

मन्त्री श्रेष्ठले एमसिसीका विषयमा एमालेले दोहोरो भूमिका देखाएको आरोप लगाउनुभयो । “एमसिसी गलत छ भनेर विपक्षमा मत दिएको भए पनि हुन्थ्यो, तर एमालेले कुनै भूमिका निभाएन”, मन्त्री श्रेष्ठले भन्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …