तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

तीर्थराज भट्टराई

मेरो बुझाईमा मानव जीवन हो एउटा यात्रा। यात्रा कहिले अचाक्ली राम्रो हुन्छ त कहिले निरस। हरेक मानिसको उद्देश्य हुन्छ जीवन सुखद् र आनन्दमय बनाउने तर गन्तव्य छ अनिश्चित। मेरो गाउँको दाजु महन्त राई जो दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका वडा नं. ७ को वडा अध्यक्ष भन्नुहुन्छ यो जीवन मेला भर्न गएको एउटा मानिसको भोगाइजस्तै हो ।

जहाँ कसैले रौसरंग गर्छ भने कसैले व्यपार। कसैले भरियाको भूमिका पाएको हुन्छ त कसैले बजार व्यवस्थापक। भनाइको तात्पर्य मेला भर्न जानेको वीचमा एक रुपता हुँदैन उनिहरूको गन्तव्य र उद्देश्यमा। मैले यहाँ लेख्नै पर्छ र सबै मानिसले बुझ्नै पर्छ महन्त राई जो जीवन यात्राको एउटा पाठशाला हो। न आलिसान भवन बनाउन लोभ छ न कसैले अमन चयन गरेकोमा लालच। न छक्का पञ्जा छ न षड्यन्त्र। सिधा छ उहाँको कुरो लेखेभन्दा बढी कहिल्यै कसैले पाउँदैन ।

त्यसैले जति पाउँछौं त्यसैमा रमाउँ। उद्देश्य लिनु महान तर आई परेका चुनौतीसँग न डगमगाउनु। हो कतिपय मानिस महन्त राईको जीवन पद्धति देखेर केही सिक्छन् त कोही अलमलिन्छन्। न हतारो छ न आतेस , न आवेग छ न उत्तेजना। न हिउँजस्तो सुन्दर छ जीवन न ढुङ्गोजस्तो चट्टानी मन। न रुवाजस्तो नरम व्यबहार छ न थिचोमिचो गर्ने स्वभाव। छ आफ्नै शैली र मानवताप्रतिको कर्तव्य परायण। हो महन्त राईसँग गुणैगुण मात्र छैन छन् अवगुण पनि ।

तर छैन जालझेल , षड्यन्त्र , अपराधी सोच र चरित्र । छ त केवल जीवन जिउने आफ्नोपन र शैली। मैले यो आलेखमा महन्त राईको प्रसङ्ग किन जोडेको हो भने मानिसको जीवन जिउने विभिन्न पद्धतिअनुसार उहाँको उस्को आफ्नैपन र हुन्छ शैली ।

हामी सचेत नागरिकले हरेक मानिसको सकारात्मक पाटोलाई अङ्गिकार गर्ने र नकारात्मक पाटोलाई विसर्जन गर्ने हो। तर हामी विर्सन्छौँ आफ्नो कर्तव्य र जिम्मेवारी अनि बढ्छ असमझदारी। बुझ्दैनौ हामीले मैले पाउने जति पाएँ र मेरो जीवन यात्रामा प्राप्ति गर्ने पद, प्रतिष्ठा , सम्पत्तिको घैँटोको परिधी। हामीमा छ केबल रिस, राग, असन्तुष्टि र घमण्ड। कसैलाई मस्त जवानीको घमण्ड छ त कसैलाई सौन्दर्यताको ।

कसैलाई धनदौलत त कसैलाई खानदानी प्रतिष्ठाको । भनिन्छ सुन्दर युवतीलाई खुल्ला हृदयले प्रशंसा गरिदिए प्रशन्नानुभूति हुन्छ भने हृष्ठपुष्ठ नौजवानलाई उसको वलिष्ठताको प्रशंसा। तर मानव जीवनका यी सबै अस्थायी र क्षणिक उपभोग्य बस्तु हुन्। जन्मपछि मृत्यु सुनिश्चित छ भने दरिद्रतापछि धनाड्य। म एउटा फगत राजनीतिक कार्यकर्ता। कसैकसैले प्रत्यक्ष पनि भन्छन् यो जमाना भनेको तिघ्रा र पैसा हुनेकोही। कसरी गर्ने राजनीति ? फलानो – फलानोले पैसाको बलमा सफलता हासिल गरिसके तर ………! खै….. ?

म भन्छु पैसा हुनेले पैसा दिने, समय हुनेले समय दिने, बुद्धि, विवेक र दृष्टिकोण हुनेले विचार दिने र नैतिकता हुनेले नैतिक बल दिने। जोसँग जे छ त्यही दिने तर निष्ठापुर्वक र निश्वार्थ रुपमा दिने। हरेक मानिसमा स्वार्थ हुन्छ नै तर स्वार्थ नैतिकतापूर्ण र समाजकेन्द्रित हुनुपर्छ । पैसा पैसा पैसा यी सबै अस्थायी र निराशाजनक विषय बस्तु हुन् ।

धन बनाउनलाई उसले गरेको हुन्छ मेहनत र सँगसँगै राजनीतिमा पनि पसिना बगाएर गरिरहेको हुन्छ लगानी। कसैकसैको त्यहाँ भौतिक र बौद्धिक लगानी हुन्छ र सँगसँगै आर्थिक पनि। सक्षम नेतृत्वले उसको सबल र दुर्बल दुबै पक्षको गरिरहेको हुन्छ मुल्यांकन। मानव जीवनको अपरिहार्य पाटो हो अर्थ पनि।

यसको सहि सलामत सदुयोग हुनुपर्छ र सँगसँगैमा दानवीर भएमा सम्मान पनि मिल्छ। पैसा साधन हो तर साध्य होइन। तर विडम्बनाका साथ भन्नुपर्छ एकाध मानिसको चुरीफुरी र घमण्डलाई हेरेर आजीवन सामाजिक काममा भौतिक, नैतिक र आर्थिक लगानी गर्नेको केवल आलोचना गर्ने प्रवृत्ति मौलाएको छ समाजमा ।

 सँगसँगै पैसाको बलमा समाजलाई कायापलट गर्छु भन्ने कसै कसैको घमण्ड देखिन्छ पनि। अनि आफू भने फुटीकौडी ननिकाल्ने केबल गरिरहने अरूको आलोचना। मेरो विचारमा यी दुबै अतिवादी सोच हुन्। त्यस्ता अतिवादी आलोचनाले दानवीरमा निराशा आउँछ ।

त्यसैले आलोचना मात्र होइन उसको सम्मान पनि गर्न सिक्नु पर्छ हामीले। एकाध मानिसलाई हेरेर समग्र समाजको परिदृश्य र सोचको निकाल्नु हुँदैन हिसाबकिताब। उत्ताउलो आलोचना होइन बौद्धिक वहस गरौँ र निकालौँ निष्कर्ष। यो अमूल्य जीवनको सहि सदुपयोग गरौँ र नगरौं दुरुपयोग। जीवन कसरी जिउने ?

 अरुको आलोचना, ईष्या, द्वेष र घमण्ड राखेर कि वर पिपल झै सितल छाँया दिएर। सृजनात्मक – सकारात्मक सोच लिएर कि दरिद्र – आलोचनात्मक सोच बोकेर । आफैंले गरौं छनोट र अमूल्य जीवनलाई उपयोग गरौँ । नगरौं धन, सम्पत्ति र वल, तगत र जवानीको घमण्ड। यी सबै हुन् जीवनका अस्थायी र क्षणिक उपभोग्य साधन। गरौँ सेवा उत्पिडन र थिचोमिचोमा परेका मानवको। यसैले हुन्छ जीवन सार्थक र सफल ।

 यी चीरस्थायी र अटल अमर सम्पत्ति हुन मानव जीवनका। मानिसको अन्तिम सुख नै समाजसेवा र सेवा सहितको सन्तुष्टि। जीवन जिउने पद्धतिको आफैंले गरौँ छनोट र सार्थक बनाउन यो हाम्रो अमूल्य मानव जीवनलाई । 

(लेखक तीर्थराज भट्टराई नेपाली काङ्ग्रेस खोटाङका उपसभापति हुन् )

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …