तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाण्डाै। नेपाल यूएईसंग ६८ रनले पराजीत भएसंगै नेपालकाे आईसीसी टी–२० विश्व कप क्रिकेट खेल्ने सपना सकिएको छ । आज मङ्गलवार भएकाे आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटकाे सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६८ रनले हारेसँगै नेपालकाे सपना अपूरै रहेकाे हाे ।

अल अमिरात क्रिकेट मैदानमा ओमानले दिएकाे एक सय ७६ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १८ ओभर ४ बलमा एक सय सात रन मात्र बनाउन सक्याे । यूएईका अहमद राजाले पाँच विकेट लिए । उनी चार ओभरमा १९ रन दिँदै पाँच विकेट लिन सफल भए । यस्तै जुनाइद सिद्दिकीले तीन विकेट लिए । सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्व कप क्रिकेट खेलेकाे थियाे । त्यसयता खेलेको चार वटा टी–२० विश्व कप छनोटमा नेपाल असफल हुँदै आएको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …