तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । बितेका २४ घण्टामा १३ हजार ३७७ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार ५९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल १७ हजार ४३७ जनाको परीक्षण गर्दा छ हजार ४६२ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयले आज गरेको नियमित ‘प्रेस ब्रिफिङ’ सहायक प्रवक्ता डा समीर अधिकारीले २४ घण्टामा एक हजार ४१६ जना सङ्क्रमणमुक्त भएका तथा चारजनाको आइतबार मृत्यु भएको  बताउनुभयो  । हाल देशभर ७७ हजार ४० सक्रिय सङ्क्रमित छन् ।

यसैबीच, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएका बताउँदै यही माघ १० देखि १६ गतेसम्म खोप अभियान स्थगन भएको जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …