तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अकला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकला मन्दिरको आज दर्शन तथा निरीक्षणपछि मुख्यमन्त्री पोखरेलले यस ठाउँ धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेकाले यसको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गण्डकी प्रदेश धार्मिक पर्यटनले भरिपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले अकलालाई गुरुयोजना बनाएर विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले यस ठाउँको विकासका लागि गाउँपालिका पनि लागिपरेको र प्रदेश सरकारले साथ दिनुपर्ने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, नेपाली कांग्रेस म्याग्देका सभापति रामभक्त घिमिरेलगायतको सहभागिता थियो । 

विसं २०७६ पुस अन्तिम साता मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरको शैलीमा मन्दिरको पुनःनिर्माण गरिएको हो । समितिको आन्तरिक कोषबाट रु ७१ लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको छ । मन्दिर व्यवस्थापन समितिले मन्दिरको डिपिआर तयार गरी भजनकीर्तन भवन, पाटीहरु गोलाकार शैलीमा निर्माण गर्ने योजना बनाएको छ । मन्दिर क्षेत्रमा वनभोजस्थल पनि निर्माण गर्ने योजना छ ।

मन्दिर परिसरमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ४० लाख र म्याग्दे गाउँपालिकाको रु आठ लाख सहयोगमा भजनकीर्तन भवन निर्माण सम्पन्न भइसकेको छ । अकलादेवी खुशी भएको बेला मन्दिरभित्र रहेको घण्ट आफैँ हल्लिने र बज्ने गरेको स्थानीयवासीको भनाइ छ । विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासी बताउँछन् ।रासस                                                                                                                      

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …