खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा सत्तासाझेदार गठबन्धन दलहरूको पालिका स्तरीय बैठक सम्पन्न गरेको छ । नेपाली कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सभापति अमृत गिरीको अध्यतामा विभिन्न निर्णय गरि चारदलीय गठवन्धनको बैठक सम्पन्न भएको छन् ।
बैठकले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भएका भौतिक विकासको समग्र बिषयमा अध्यन गर्ने र सत्ता साझेदार दलहरुको तर्फबाट विभिन्न बिकासका योजनाहरु संघीय र प्रदेश सरकारलाई माग गर्ने निर्णय गरेको छ ।
बैठकले सडक, खानेपानी, सिंचाइ, पर्यटन, सहरीकरण, खेलमैदान जस्ता क्षेत्रमा योजना माग गर्ने निर्णय गरेको हो ।
बैठकमा नेपाली काङ्ग्रेसका पालिका सभापति अमृत गिरी, नेकपा माओवादीका पालिका अध्यक्ष राजेन्द्र राई, नेकपा एकीकृत समाजवादीका पालिका अध्यक्ष शेर बहादुर थापा, र जनता समाजवादी पार्टीका पालिका अध्यक्ष पृर्थि कुमार राइको सहभागिता रहेको थियो ।
यस्तै अन्य आमन्त्रितमा नेकपा एसका जिल्ला उपाध्यक्ष नरेशराज राई, जिल्ला सदस्य ओमिराज राई, पेशल गुरागाइ, नेपाली काङ्ग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि पुर्ण बहादुर खड्का, पालिका उपसभापति भिम बहादुर राउत, नेकपा माओवादी पालिका समितीका उपाध्यक्ष किशान राई, सचीव दिपक पौडेल लगायको उपस्थित रहेको थियो। यश किसिमको बैठक चकृय प्रणाली अनुसर बसिने कांग्रेस पालिका सभापति अमृत गिरीले बताए ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …