तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बझाङ । जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित आइसीयू कक्ष राख्ने निर्णयअनुरुप उक्त आइसीयु शय्या ल्याइएको हो । गत वर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्नका लागि दक्ष जनशक्ति अभाव रहेको छ । कोरोना महामारीको दोस्रो भरियन्टको बेला जिल्लामा श्वासप्रश्वासका बिरामीका लागि ल्याइएको भए पनि दक्ष जनशक्तिको अभावमा उक्त शय्या सञ्चालनमा ल्याउन नसकिएको हो ।

कोरोना महामारीको दोस्रो भेयिन्ट फैलिएका बेला बझाङमा झण्डै एक हजार ६०० भन्दा बढी सङ्क्रमित भएका थिए भने २१ जनाले उपचार अभावमा ज्यान गुमाएका थिए । श्वासप्रश्वासमा समस्या भएका जटिल सङ्क्रमितलाई डडेल्धुरा तथा कैलाली सिफारिस गर्ने गरेको र त्यहाँ नपुग्दै बाटोमै मृत्यु हुने गरेको थियो । जिल्लामा भेन्टिलेटरसहितको आइसीयू सञ्चालनका लागि दक्ष जनशक्ति अभाव रहेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताउनुभयो ।

यता जिल्ला अस्पताल बझाङका डा मिलन खड्काका अनुसार अहिले उक्त दुईवटा भेन्टिलेटरसहित आठ आइसीयू शय्या जडानकार्य सम्पन्न भएको छ । पुसको पहिलो सातामात्रै उक्त जडान कार्य गरिएको डा खड्काले बताउनुभयो । जनशक्ति अभावकै कारण लामो समयसम्म उक्त सेवा सञ्चालन गर्न नकिएको बताउँदै अहिले दुई जनालाई भेन्टिलेटरसहितको आइसीयू शय्या सञ्चालनका लागि तालिम दिइएपछि सञ्चालन गर्न सकिने भनाइ छ ।

अहिले जिल्ला अस्पताल बझाङमा रहेको भेन्टिलेटरसहितको आइसीयू शय्या सञ्चालनका लागि डा खड्का र नर्स साधना खड्कालाई तालिम दिएको जिल्ला अस्पतालका प्रमुख अनवेश कोइरालाले बताउनुभयो । आगामी दिनमा जटिल तथा आइसीयूमा राख्नुपर्ने बिरामी भर्ना भएको खण्डमा पनि जिल्लामै उपचार गर्न सकिने डा कोइरालाले बताउनुभयो ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …